३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक

भारतद्वारा मध्यपूर्वका सबै उडानहरू स्थगित

भारतद्वारा मध्यपूर्वका सबै उडानहरू स्थगित
अ+ अ-

नयाँदिल्ली। इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरे पछि भारतका दुई ठूला निजी विमान कम्पनी इन्डिगो र एयर इन्डियाले मध्यपूर्वका सबै गन्तव्यमा उडान स्थगित गरेका छन् ।

“मध्यपूर्वका केही भागहरूमा बढ्दो आक्रमणको अवस्थालाई ध्यानमा राख्दै, मध्यपूर्वका सबै गन्तव्यहरूमा जाने एयर इन्डियाका सबै उडानहरू स्थगित गरिएको एयर इन्डियाले सामाजिक सञ्जाल एक्स मार्फत विज्ञप्ति जारी गर्दै जनाएको छ ।

इन्डिगोले पनि ग्राहक र चालक दलका सदस्यहरूको सुरक्षालाई ध्यानमा राख्दै अस्थायी रूपमा उडानहरू स्थगित गरिरहेको बताएको छ ।

लाखौँ भारतीय आप्रवासीहरूको घर, अन्य खाडी राष्ट्रहरूमा छ भने नयाँ दिल्लीले ऐतिहासिक रूपमा इजरायलसँगको आफ्नो सम्बन्धलाई सन्तुलित गरेको छ ।

यो क्षेत्र विश्वको सबैभन्दा तीव्र गतिमा अघि बढिरहेको प्रमुख अर्थतन्त्रका लागि ऊर्जाको महत्वपूर्ण स्रोत पनि हो ।

प्रधानमन्त्री नरेन्द्र मोदी इजरायलको ऐतिहासिक भ्रमण पछि स्वदेश फर्केको एक दिन पछि इरानमा आक्रमण भएको हो, जहाँ दुवै पक्षले व्यापार र रक्षा सम्बन्धलाई मझभुत बनाउन सहमत भएका थिए ।

प्रधानमन्त्री मोदीले इजरायली सांसदहरूलाई सम्बोधन गर्दै सन् २०२३ अक्टोबर–७, मा हमासको घातक आक्रमण पछि नयाँ दिल्ली इजरायलसँग “दृढतापूर्वक“ उभिएको बताउनु भएको थियो । (रासस/एएफपी)