१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

हिमाल पारि पनि प्रभावित हुँदैन निर्वाचन

हिमाल पारि पनि प्रभावित हुँदैन निर्वाचन
अ अ+ अ-

गण्डकी। निर्वाचन आउन पाँच दिन बाँकी रहँदा गण्डकी प्रदेशअन्तर्गत हिमाल पारिका जिल्ला मनाङ र मुस्ताङमा चिसोका कारण निर्वाचन प्रभावित बन्न सक्ने आशङ्का रहे पनि ती क्षेत्रमा निर्वाचन सहज रूपमा हुने देखिएको छ ।

हिमपातका कारण केही स्थानमा मतदान केन्द्र सानुपर्ने भए पनि पछिल्ला समयमा मौसम न्यानो हुँदै गएकाले सम्बन्धित मतदान केन्द्रमा मतदान गर्नेगरी सहमति भएको प्रदेश निर्वाचन कार्यालय, पोखराका प्रमुख नारायण ढकालले जानकारी दिनुभयो ।

“मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको चार हजार ४०० मिटर उचाइ पार गरेर जानुपर्ने शाङ्ता गाउँ र चार हजार २०० मिटर उचाइमा रहेको मनाङको नार्पा भूमि गाउँपालिकाका नार र फू गाउँमा हिमपातका कारण मतदान केन्द्र सानुपर्ने देखिएको थियो”, उहाँले भन्नुभयो, “हाल मौसम न्यानो हुँदै गएकाले बाटो खुलाएर सम्बन्धित मतदान केन्द्रमा मतदान गर्ने सहमति भएको छ ।”

उहाँका अनुसार गण्डकी प्रदेशमा तीन हजार मिटरभन्दा बढी उचाइ माथिका मतदान केन्द्र ५४ वटा छन् । तीमध्ये मुस्ताङमा २४, गोरखामा १५, मनाङमा १४ र म्याग्दीमा एउटा मतदान केन्द्र रहेका ढकालले जानकारी दिनुभयो । तीन हजार मिटरभन्दा माथि उचाइका मतदान केन्द्रमा खटिने कर्मचारीका लागि लागि आवश्यक पर्न सक्ने औषधीहरूको समेत तयारी गरिएको ढकालले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश हिमाल र पहाड तराई तीनै किसिमका भूभाग समेटिएको क्षेत्र हो । यहाँ हिमाल पारिका जिल्ला मनाङ, मुस्ताङसहित पहाडी जिल्ला कास्की, स्याङ्जा हुँदै तराईको जिल्ला नवलपुर समेटिएको छ ।

अठार वटा निर्वाचन क्षेत्र रहेको गण्डकीमा ३० जना स्वतन्त्र उम्मेदवारसहित २३४ जनाको उम्मेदवारी परेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार तीमध्ये २०५ पुरुष र २९ जना महिला उम्मेदवार छन् । प्रदेशमा सबैभन्दा बढी १८ दलले कास्कीमा उम्मेदवारी दर्ता गरेका छन् भने मनाङमा तीन दलले मात्र उम्मेदवारी दर्ता गरेका उहाँले उल्लेख गर्नुभयो ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ मतदाता रहेकामा पुरुषको सङ्ख्या नौ लाख १४ हजार ८००, महिलाको सङ्ख्या नौ लाख ५५ हजार २५१ र अन्य १४ जना रहेका छन् ।

प्रदेशमा निर्वाचनका लागि एक हजार २९७ मतदानस्थल र दुई हजार ३९६ मतदान केन्द्र निर्धारण गरिएको छ । उक्त केन्द्रमा १४ हजार ३५० जना कर्मचारी र सात हजार ६५ जना स्वयम्सेवक खटिने ढकालले जानकारी दिनुभयो ।

निर्वाचनका लागि प्रदेशका सबै जिल्लामा तयारी तीव्र रूपमा अघि बढेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशको राजधानी रहेको कास्की जिल्लामा निर्वाचनका सबै किसिमका तयारीलाई तीव्र रूपमा अघि बढाइएको मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेले जानकारी दिनुभयो ।

जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमा ४९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । जसमध्ये ४४ पुरुष र पाँच महिला उम्मेदवार रहनुभएको छ । जिल्लामा तीन लाख आठ हजार ५७२ मतदाता रहनुभएको छ । जिल्लामा १५३ मतदानस्थल र ३६३ मतदान केन्द्र कायम गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत बेलबासेका अनुसार जिल्लामा निर्वाचन आचारसंहिता पालना गराउने विषयलाई प्राथमिकताका साथ अघि बढाइएको छ । हालसम्म निर्वाचन आचारसंहिता उल्लङ्घनका सम्बन्धमा लिखित उजुरी नपरे पनि मौखिक उजुरी भने परेको उहाँले जानकारी दिनुभयो ।

मौखिक उजुरीहरूमा ध्वनि प्रदूषण, सरकारी झन्डा दुुरुपयोग, भोजभतेर, निर्वाचन चिह्नको भौतिक प्रयोग, निर्वाचन चिह्न अङ्कित ब्याचको प्रयोग, पहिरन, २५ जनाभन्दा बढी सङ्ख्यामा घरदैलो आदि गरिएको उहाँले जानकारी दिनुभयो ।

प्राप्त उजुरीअनुसार उक्त उजुरीउपर कारबाही गरिएको उहाँले जानकारी दिनुभयो । जिल्लामा निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्वाचनलाई लक्षित गरी चारवटै सुरक्षा निकायको एकीकृत परिचालन गरिएको छ । जिल्लाका मतदानस्थललाई सामान्य, संवेदनशील र अति संवेदनशीलमा वर्गीकरण गर्दै त्यहीअनुरुप सुरक्षा प्रबन्ध मिलाइएको छ ।

हालसम्म निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा कास्कीबाट आठ जनालाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएकामध्ये तीन जनाविरुद्ध मुद्दा चलाइएको भन्दै पाँच जनामाथि अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । मतदानपछि मतपेटिका सुरक्षित रूपमा मतगणनास्थलसम्म ल्याउन प्रजिअकै नेतृत्वमा विशेष ‘टास्क फोर्स’ बनाइएको छ ।

उम्मेदवारहरूले निर्वाचन प्रयोजनका लागि छुट्टै बैङ्क खाता खोल्नुपर्ने व्यवस्था रहे पनि जिल्लाका ४९ जना उम्मेदवारमध्ये हालसम्म ४२ जनाले मात्रै खाता खोलेको प्रमुख कोष नियन्त्रक तथा अनुगमन अधिकृत रमेश अर्यालले जानकारी दिनुभयो ।

निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारले छुट्टै बैङ्क खाता खोलेर सोही मार्फत खर्च गर्नुपर्ने प्रावधान रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार खर्चको विवरण देखाउनका लागि ४५ जनाले सिफारिस लगेको भए पनि कर्जा सूचना केन्द्रको ‘कालोसूची’मा परेका कारण दुई जना उम्मेदवारको बैङ्क खाता खुल्न सकेको छैन भने एक जना उम्मेदवारको नागरिकताको विवरण नमिलेका कारण खाता खुलेको छैन ।

अन्य चार जना उम्मेदवारले भने आफूहरूले पार्टीकै खाताबाट कारोबार गर्ने जिकिर गर्दै निर्वाचन आयोगको निर्देशन अटेर गरेको उहाँले जानकारी दिनुभयो । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी दल तथा उम्मेदवारले चुनाव प्रचारप्रसार तीव्र बनाएका छन् ।  रासस