२५ भाद्र २०८३, बिहीबार
,
Latest
गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रमण वर्ष सफल बनाउन सरकारलाई सहयोग गर्छौ: अध्यक्ष राणा



अ+ अ-

होटल एशोसिएशन नेपाल (हान) का केन्द्रीय अध्यक्ष सिर्जना राणाले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन आफूहरु तयार रहेको जानकारी दिएकी छिन् । क्षेत्रीय होटल सङ्घ तनहुँको आठौं साधारणसभाको उद्घाटन गर्दै उनले नेपाल भ्रमणमा आउने विदेशी पाहुनालाई गुणस्तरीय सेवा प्रदान गर्न होटल व्यवसायी प्रतिबद्ध रहेको बताईन् ।

कार्यक्रममा एशोसिएशनका केन्द्रीय सदस्य युवराज श्रेष्ठ, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख शिवजी बराल, चेम्बर अफ कमर्स तनहुँका अध्यक्ष महेन्द्रमोहन भट्टराईलगायतले होटल व्यवसाय मर्यादित हुनुपर्नेमा जोड दिएका थिए ।

अधिवेशनले राम जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा विकास खनाल, प्रथम उपाध्यक्षमा वासुदेव अधिकारी, द्वितीय उपाध्यक्षमा चन्द्रबहादुर थापा, महासचिव चन्द्रकुमार कायस्थ, सचिवमा चिजकुमार श्रेष्ठ, कोषाध्यक्षमा सनतकुमार श्रेष्ठ र सदस्य जीवन शाही, सुनिता पन्थ, सङ्गीता प्रधान चयन भएका छन् ।