२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनमा हुम्लामा हिउँ पन्छाएर सडक सञ्चालनको प्रयास



फाइल फोटो
अ+ अ-

हुम्ला।  गत माघ दोस्रो साता परेको हिमपातपछि अवरुद्ध बनेको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ हिल्सा सडक खण्ड र वडा–६ मा पर्ने न्यालु सडक खुलाउनका लागि काम सुरु भएको छ ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन आउन केही दिन बाँकी हुँदा मतादातालाई आवतजावतमा सहज बनाउनका लागि हिउँले बन्द भएका सडक खुलाउन सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दले बताउनुभयो । हिउँ जमेर सडक बन्द हुँदा सर्वसाधरणदेखि सवारी साधन बन्द हुँदै आएका थिए ।

हिल्सा सडक खुलाउन हिल्सा सिमकोट सडक आयोजनाले स्काभेटर काममा लगाइसकेको सहायक प्रमुख जिल्ला अधिकारी चन्दको भनाइ छ ।

यस्तै वडा नम्बर ६ को लिमी गाउँ जाने सडक नाम्खा गाउँपालिका र पूर्वधार विकास कार्यालयले दुई वटा स्काभेटर परिचालन गरिसकेको लिमीका वडाध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । रासस