१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

धनुषामा प्रेम सम्बन्धका कारण युवकको हत्याः प्रेमिकाका दाजुसहित तीन जना पक्राउ

धनुषामा प्रेम सम्बन्धका कारण युवकको हत्याः प्रेमिकाका दाजुसहित तीन जना पक्राउ
अ अ+ अ-

 धनुषा। धनुषामा एक युवकको बीभत्स हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी प्रेमिका र उनका परिवारका सदस्यसहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गर्दै घटनाको विस्तृत विवरण सार्वजनिक गरेको हो । गत फागुन १४ गते बिहीवार अपरान्ह करिव ४ बजे औरही गाउँपालिका–६, चक्करस्थित भित्री सडक खण्डभन्दा ३०० मिटर पूर्व मसुरी खेतमा एक युवकको शव फेला परेको थियो ।

घाँटी रेटिएको अवस्थामा फेला परेको उक्त शवको पहिचान धनुषाकै हंसपुर नगरपालिका–९, बुदौल (रुदौली) निवासी १८ वर्षीय सुमितकुमार मण्डलको रूपमा भएको छ । उनी सगरमाथा माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मृतक सुमित र हंसपुर नगरपालिका–६, सोनिगामा बस्ने १७ वर्षीया काजल कुमारी मण्डलबीच विगत एक वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ ।

फागुन १३ गते साँझ काजलले घरमा कोही नभएको मौका छोपी सुमितलाई भेट्न बोलाएकी थिइन् । सोही क्रममा काजलका परिवारका सदस्यहरूले उनीहरूलाई आपत्तिजनक अवस्थामा फेला पारेपछि विवाद शुरु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रुग्मबहादुर कुँवरका अनुसार, सुमितलाई नियन्त्रणमा लिएपछि काजलका दाजु २० वर्षीय दीपेशकुमार मण्डल र काकाका छोरा (दाजु) २९ वर्षीय परमेश्वर मण्डलले भैँसी बाँध्ने डोरीले सुमितको दुवै हात पछाडि बाँधेका थिए ।

त्यसपछि उनलाई आफ्नै मोटरसाइकलमा राखेर घरदेखि करिब डेढ किलोमिटर टाढा मानव बस्ती नभएको मसुरी खेतमा लगिएको थियो । त्यहाँ खुकुरी (दाउ) प्रहार गरी घाँटी रेटेर उनको हत्या गरिएको प्रहरीले जनाएको छ ।

हत्यापछि अभियुक्तहरूले प्रमाण लुकाउन सुमितको मोटरसाइकल विदेह नगरपालिका–१ स्थित एक साथीको घरमा लुकाएर राखेका थिए । प्रहरीले उक्त मोटरसाइकल, हत्यामा प्रयोग गरिएको धारिलो हतियार (खुकुरी) र हात बाँध्न प्रयोग गरिएको डोरी समेत बरामद गरेको छ ।

पक्राउ पर्नेहरूमा मृतककी प्रेमिका काजल कुमारी मण्डल, उनका दाजु दीपेशकुमार मण्डल र दाजु परमेश्वर मण्डल रहेका छन् ।उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै एसपी कुँवरले भन्नुभयो, ‘हामीले घटनाको जानकारी पाउनेबित्तिकै टोली परिचालन गरेर अनुसन्धान सुरु गरेका थियौँ । प्रेम सम्बन्धकै कारण रिसइबी साँधेर योजनावद्ध रूपमा हत्या गरिएको देखिन्छ । अभियुक्तहरूले शुरुमा घटना लुकाउन खोजे पनि प्राविधिक र स्थलगत अनुसन्धानबाट उनीहरूलाई पक्राउ गर्न सफल भएका छौँ ।’

धनुषामा पछिल्लो समय भएका ६ वटा हत्याका घटनामध्ये ४ वटाको सफल अनुसन्धान गरी संलग्नहरूलाई कानूनी दायरामा ल्याइसकिएको र बाँकी दुईवटा घटनाको पनि सुक्ष्म अनुसन्धान भइरहेको एसपी कुँवरले जानकारी दिनुभयो । –न्युज एजेन्सी नेपाल