१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

‘मतदान केन्द्र अपाङ्गमैत्री बनाउनुपर्ने माग’

‘मतदान केन्द्र अपाङ्गमैत्री बनाउनुपर्ने माग’
अ अ+ अ-

दाङ। मतदान केन्द्रहरू अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका मतदाताहरूलाई निकै समस्या हुने गरेको छ ।

विगतका मतदानहरूमा पनि निकै समस्या भोग्नुपरेको भन्दै आगामी फागुन २१ गते हुन लागेको निर्वाचनमा मतदान केन्द्रहरू अपाङ्गमैत्री हुनुपर्ने राप्ती बहिरा सङ्घ दाङका अध्यक्ष अजय शर्माले बताउनुभयो । टेबलहरू अग्ला हुँदा होचा व्यक्तिहरूले मदतान गर्न नै गाह्रो हुने अवस्था रहेको उहाँको भनाइ थियो ।

त्यस्तै मदतान केन्द्रहरूमा दोभासे नहुँदा आफूहरूलाई बुझ्न पनि गाह्रो हुने गरेकोसमेत उहाँको भनाइ थियो । “होचा व्यक्तिलाई अग्ला टेबलमा पुग्न पनि गाह्रो हुने हुन्छ, त्यसले गर्दा एकातिरभन्दा अर्कोतिर भोट जाने अवस्था हुन्छ”, उहाँले भन्नुभयो, “यस्ता कुराले होचा व्यक्तिलाई गाह्रो हुन्छ ।” अपाङ्गता भएका व्यक्तिहरू सहजै मतदान केन्द्रमा जान पनि नसक्ने अवस्था रहेको भन्दै यसलाई पनि ध्यानमा राख्नुपर्ने उहाँको भनाइ छ । सबै मतदान केन्द्रहरूमा यस्तो कुरालाई ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

अपाङ्गता भएका व्यक्तिलाई भोट बैंक बनाउने तर, अपाङ्गमैत्री मतदान केन्द्र नबनाउँदा समस्या हुने गरेको उहाँको भनाइ छ । त्यस्तै दृष्टिविहीन शिक्षक रामबहादुर खड्काले पनि निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरूलाई विभेद गर्ने गरेको बताउनुभयो ।

उहाँले आफू सरकारी शिक्षक भए पनि निर्वाचनको कामकाजमा नखटाउने गरेको गुनासो गर्नुभयो । “गत वर्ष एक जना शिक्षकलाई निर्वाचनको कामका लागि छनोट गरेको भए पनि काम गर्न नसक्ने भन्दै फर्काएकोसमेत उहाँले गुनासो गर्नुभयो । रासस