२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

भृकुटीमण्डपका ५६ पसल तथा स्टलधनीले बुझाएनन भाडा, निकालियो १५ दिने सूचना

भृकुटीमण्डपका ५६ पसल तथा स्टलधनीले बुझाएनन भाडा, निकालियो १५ दिने सूचना
अ अ+ अ-

काठमाडौं । समाज कल्याण परिषद्ले भृकुटीमण्डप परिसरभित्र रहेका पसल, स्टल, बुथ तथा भवन प्रयोग गरी व्यवसाय सञ्चालन गर्दै आएका व्यक्ति तथा संस्थालाई बक्यौता रकम १५ दिनभित्र बुझाउन अर्को  सूचना जारी गरेको छ।

भाडा नतिरि प्रयोग गर्नेमा नेपाल पत्रकार महासंघ, सार्वजनिक पुस्तकालय, अपाङ्ग महासंघ, रिपोर्टर्स क्लब, उपभोक्ता मंच, फोटो पत्रकार महासंघ, सेजोप, कराते महासंघ, नेपाल नेत्रहिन संघ समेतका संस्थाहरू छन् ।

परिषद्ले भाडामा लिई सञ्चालन गरिएका संरचना तथा जग्गाको भाडा, प्रयोग शुल्कलगायतका रकम लामो समयदेखि नबुझाइएको जनाएको छ। पटक–पटक पत्राचार, निर्देशन तथा सूचना प्रकाशन गर्दा पनि रकम नबुझाइएकाले सार्वजनिक सूचनामार्फत अन्तिम पटक जानकारी गराइएको परिषद्ले उल्लेख गरेको छ।

सूचनामा तोकिएको १५ (पन्ध्र) दिनभित्र सम्बन्धित सबै व्यक्ति तथा संस्थाले बक्यौता रकम बुझाई हिसाब मिलान गर्न आग्रह गरिएको छ। निर्धारित समयसीमाभित्र रकम नबुझाएमा प्रचलित कानुनबमोजिम असुलउपर तथा अन्य आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी समेत दिइएको छ।