१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री थापा चीन प्रस्थान



अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा चीनको राजधानी बेइजिङ प्रस्थान गर्नुभएको छ । चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणामा छ दिने चीन भ्रमणका क्रममा उहाँ आज बिहान बेइजिङ प्रस्थान गर्नुभएको हो । भ्रमणका क्रममा चीनका जनसुरक्षामन्त्री तथा उच्च सरकारी अधिकारी तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिनुभयो ।

मन्त्री थापाको टोलीले चीनको साङ्घाई र ल्हासाको भ्रमणसमेत गर्ने कार्यक्रम रहेको छ । उहाँको टोलीमा मन्त्री थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, गृह मन्त्रालयका प्रवक्ता, सहसचिव केदारनाथ शर्मा, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सूर्यप्रसाद उपाध्यायलगायत सहभागी हुनुहुन्छ । गृहमन्त्री थापा पुस २५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।