२५ भाद्र २०८३, बिहीबार
,
Latest
उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्याराग्लाइडिङको सफल परीक्षण



अ+ अ-

इलाम । इलाममा प्याराग्लाइडिङको सफल परीक्षण उडान भएको छ । इलाम नगरपालिका–३ स्थित पुवामझुवाको छेलेथुम्की डाँडामा शनिबार यसको सफल परीक्षण उडान भएको हो ।

प्याराग्लाइडिङको सफल उडानपछि जिल्लाका पर्यटन व्यवसायीहरुसमेत खुशी भएका छन् । साहसिक उडानका रुपमा लिइने प्याराग्लाइडिङका लागि देश तथा विदेशबाट समेत पर्यटक भित्रिने भन्दै व्यवसायीहरुमा खुशियाली छाएको हो ।

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनसमेत यसले ठूलो मद्दत गर्ने आशा गरिएको छ । पाइलट(चालक) सानुबाबु सुनुवारले डाँडामा प्याराग्लाइडिङ उडाएपछि भेला भएका स्थानीय तथा पर्यटन व्यवसायीहरुमा निकै ठूलो खुशियाली देख्न सकिन्थ्यो । सफल परीक्षण गरेपछि पाइलट सुनुवारले भने छेलेथुम्की डाँडामा व्यावसायिक रुपमा प्याराग्लाइडिङको उडान गर्न सकिने बताउनुभयो ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी वडा पर्यटन विकास समितिको पहलमा छेलेथुम्की डाँडामा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ । समितिका अध्यक्ष हेमन सुनुवारको अध्यक्षता र इलाम नगरपालिकाकी उपप्रमुख सुशीला नेम्वाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष तीर्थ गुरुङ, जिल्ला युवा समितिका अध्यक्ष नवराज शङ्कर, प्याराग्लाइडिङका अग्रज पाइलट सानोबाबु सुनुवार, स्थानीय दलका प्रमुख एवं प्रतिनिधिले शुभकामना व्यक्त गर्नुभयो ।

उहाँहरुले परीक्षण उडान गरेर मात्र नहुने भन्दै निरन्तर सञ्चालनको कामना गर्नुभयो । अब सो क्षेत्रबाट निरन्तर उडानका लागि प्रक्रिया पूरा गर्ने र यहाँबाट व्यावसायिक उडान गरिने बताइएको छ ।