२५ भाद्र २०८३, बिहीबार
,
Latest
उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि विकास बैंकबाट पाँच करोड लुट्ने एक जना पक्राउ



अ+ अ-

काठमाडौं । कृषि विकास बैंकको झन्डै पाँच करोड रूपैयाँ लुट्ने गिरोहका एक सदस्य पक्राउ परेका छन्। मोरङ रंगेली नगरपालिका-२ का ४३ वर्षीय दीपक नेपाललाई काठमाडौंबाट पक्राउ गरेको हो।

महानगरीय अपराध महाशाखाका अनुसार उनी शुक्रबार ९ लाख रुपैयाँको चेक साट्न कृषि विकास बैंकको गोल्फुटार शाखामा पैसा झिक्न गएका थिए।

लुटिएको ४ करोड ७६ लाख रूपैयाँमध्ये नेपालको खातामा एक करोड मौज्दात रहेको महाशाखा प्रमुख एसएसपी सहकुल थापा बताए।

आफ्नो खातामा गएको रकम झिक्न नेपालले पटक-पटक प्रयास गरिरहेका थिए। सोही क्रममा गोल्फुटार पुगेको सूचना बैंकबाटै आएपछि प्रहरीले नेपाललाई पक्राउ गरेको हो।

नेपाल सिस्टम ह्याक गर्ने समूहका एजेन्ट रहेको खुलेको छ। यसअघि उनीजस्तै १८ जना एजेन्टहरू पक्राउ परेका थिए।