२० भाद्र २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वाधिनताभन्दा ठूलो विकास होइन : अध्यक्ष राई



फाइल फोटो
अ+ अ-

सुनसरी। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले राष्ट्रिय स्वाधिनता कुनै पनि विकासभन्दा महत्त्वपूर्ण विषय भएको बताउनुभएको छ ।

आज धरानमा आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै उहाँले देश निर्माणको आधार स्वाधिनता, श्रम र जनसहभागिता भएको उल्लेख गर्नुभयो ।

यही २१ गते हुने निर्वाचनलाई सही नेतृत्व चयन गर्ने अवसरका रूपमा लिन आग्रह गर्दै अध्यक्ष राईले गफभन्दा काम गर्ने उम्मेदवारलाई मत दिन अपिल गर्नुभयो । “निर्वाचन भनेको चुन्ने प्रक्रिया हो, त्यसैले जनताले सोचेर निर्णय गर्नुपर्ने समय आएको छ । अब सबै मिलेर देश बनाउनुपर्छ, बचाउनुपर्छ,” उहाँले भन्नुभयो, “देशभर श्रम संस्कृतिको अभियान विस्तार गर्न आवश्यक छ ।” विदेशमा श्रम बेच्न बाध्य नेपाली युवाको अवस्थालाई परिवर्तन गर्न स्वदेशमै श्रमको सम्मान गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

सामाजिक विभेद अन्त्य गर्दै सत्य र तथ्यमा आधारित राजनीति आवश्यक रहेको उहाँको भनाइ थियो । आगामी निर्वाचनपछि सक्षम र जिम्मेवार नेतृत्व चयन भए जनसहभागितामा आधारित विकास अभियानले गति लिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।रासस