६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुशासित र निष्पक्ष भएर काम गर्न प्रहरी अधिकारीलाई प्रहरी महानिरीक्षकको आग्रह



फाइल फोटो
अ+ अ-

गोरखा। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी अधिकारीलाई माइलमा दौडिएर इन्चमा हार्ने काम नगर्न अनुरोध गर्नुभएको छ ।

आज निर्वाचन अनुगमनका क्रममा गोरखा आइपुग्नुभएका उहाँले अनुशासित, निष्पक्ष र कर्तव्यनिष्ठ भएर काम गर्न प्रहरी अधिकारीलाई आग्रह गर्नुभयो ।

“टिकटकसहित सामाजिक सञ्जालमा संयमित हुनुहोला । निर्वाचन प्रहरीहरूलाई सकरात्मक ढङ्गले परिचालन गर्नुहोस्”, जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकारीलाई सम्बोधन गर्दै कार्कीले भन्नुभयो । उहाँले निर्वाचन आचारसंहितासहित प्रहरी आचारसंहिता प्रभावकारी पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

जिल्ला निर्वाचन कार्यालयले आयोजना गरेको निर्वाचनसम्बन्धी छलफल कार्यक्रममा उहाँले सुरक्षाकर्मी, राजनीतिकर्मी, सञ्चारकर्मी एवं समग्र समाजले मौन अवधिको सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले सञ्चारकर्मीलाई सही समाचार सम्प्रेषण गरी राष्ट्रिय अखण्डता तथा राष्ट्रिय सम्मानलाई कायम राख्न योगदान गर्न आग्रह गर्नुभयो ।

“हामी ढुङ्गा हानाहान गरे कुन आलौकिक शक्ति आएर रोकिदिन्छ ? तसर्थ सभ्य व्यवहार हामीले नै गर्नुपर्छ”, उहाँले भन्नुभयो, “गलत र भ्रामक प्रचार गरेर स्थिति बिगार्नु हुँदैन । आज पनि भ्रामक प्रचारका विभिन्न समाचार आइरहेका छन्, सञ्चारकर्मीहरू संयमित हुनुपर्छ ।” रासस