२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
 अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्येष्ठ वर्ण महाविहार संरक्षण परियोजनालाई युनेस्कोद्वारा अवार्ड



अ+ अ-

काठमाडौँ। ज्येष्ठ वर्ण महाविहार संरक्षण परियोजनालाई संरक्षण उत्कृष्टता र दिगो दृष्टिकोणका लागि युनेस्कोद्वारा घोषित २०२५ एसिया–प्यासिफिक सांस्कृतिक सम्पदा संरक्षण पुरस्कारमा ‘अवार्ड अफ मेरिट’ प्रदान गरिएको छ ।

यो परियोजना सन् २०१७ अगस्टमा भारत सरकारद्वारा प्राप्त भूकम्पपछिको सांस्कृतिक सम्पदा पुनःनिर्माण अनुदानअन्तर्गत ललितपुरमा कार्यान्वयन गर्न चयन गरिएका सात परियोजनामध्ये एक थियो । सो परियोजना निर्माण तथा आवास विभागमार्फत कार्यान्वयन गरिएको थियो । यसका लागि मार्च २०२१ मा सम्झौता भएको थियो । उक्त परियोजनाको लागत रु १३ करोड ७८ लाख रहेको थियो ।

भारत सरकारद्वारा इण्डियन नेशनल ट्रस्ट फर आट्र्स एण्ड कल्चरल हेरिटेजलाई डिसेम्बर सन् २०१९ मा परियोजना व्यवस्थापन सल्लाहकारका रूपमा नियुक्त गरिएको थियो ।

परियोजनाका प्रमुख कार्यहरूमा ऐतिहासिक मठ र सत्तलहरूको मूल रूप र संरचनाअनुसार पुनःनिर्माण, भवनहरूको भूकम्प प्रतिरोधी बनाउने सुनिश्चितता, सजावटी कलाका सतहहरूको दस्तावेजीकरण र संरक्षण, ऐतिहासिक काठका काम, ढुङ्गाका मूर्तिहरू र मठ प्रवेशद्वारमा भित्ते चित्रको मर्मतसम्भार समावेश थिए ।

साथै भवन सेवाहरूको स्तरोन्नति जस्तैः प्रकाश व्यवस्था, सरसफाइ, वर्षा पानी सङ्कलन प्रणाली आदि पनि कार्यान्वयन गरिएको थियो । परियोजना भौतिक रूपमा सम्पन्न भई २२ मार्च, २०२४ मा तत्कालीन सहरी विकासमन्त्री धनबहादुर बुढा र यहाँस्थित भारतीय राजदूत नवीन श्रीवास्तवद्वारा संयुक्त रूपमा उद्घाटन गरिएको थियो ।

यस परियोजनाले सांस्कृतिक सम्पदाको संरक्षण र दिगो व्यवस्थापनमा उदाहरणीय योगदान पु¥याएको भन्दै यसलाई अन्तरराष्ट्रियस्तरबाट मान्यता प्राप्त भएको छ । रासस