१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द

आचारसंहिता उल्लङ्घन गर्ने मिडियामाथि निगरानीः कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार

आचारसंहिता उल्लङ्घन गर्ने मिडियामाथि निगरानीः कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार
अ अ+ अ-

काठमाडौँ।  निर्वाचनको स्वच्छता र निष्पक्षता कायम राख्न निर्वाचन आयोगले सञ्चार माध्यमहरूको भुमिकामाथि पनि निगरानी बढाएको छ ।

निर्वाचन आचारसंहिताविपरीत मत सर्वेक्षण गर्ने र निर्वाचनलाई प्रत्यक्ष असर पार्ने अडियो तथा भिडियो सामग्री प्रशारण गर्ने मिडियाहरूलाई कारबाहीको दायरामा ल्याउन आयोगले प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको हो ।

शुक्रवार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोग प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिवद्ध रहेको र यसमा कुनै सम्झौता नहुने स्पष्ट पार्नुभयो । तर निर्वाचन आयोग ऐनले दिएको अधिकार प्रयोग गरी जारी गरिएको आचारसंहिताको पालना गराउनु आयोगको दायित्व भएको उहाँले बताउनु भयो ।

सञ्चार जगतलाई नजिकबाट बुझ्ने र विज्ञता राख्ने निकाय भएकाले प्रेस काउन्सिलले आफ्नो अधिकार क्षेत्रभित्र रहेर आवश्यक कदम चाल्नेमा आयोग विश्वस्त रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मत सर्वेक्षण गरेको अथवा निर्वाचनलाई असर पर्ने भिडियो अथवा अडियो सामग्रीहरू प्रसारण गरेको सन्दर्भमा सञ्चार माध्यमलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार गरेको विषय यहाँले उठाउनुभएको छ ।

त्यो विषय निर्वाचन आयोग प्रेसको स्वतन्त्रताप्रति विश्वस्त छ र हामी प्रेसको स्वतन्त्रता कम्प्रोमाइज नहोस् भन्ने चाहन्छौँ । यहाँहरू पनि त्यसैका लागि लागि राख्नुभएको छ । त्यस अर्थमा तपाईं र हाम्रो कुरा त्यति फरक छैन । तर निर्वाचन आचारसंहिता बनाएर मात्र गर्नुहोला ।

निर्वाचन आचारसंहिता जारी गर्ने अथोरिटी निर्वाचन आयोग ऐनले निर्वाचन आयोगलाई दिएको छ । र त्यहीअनुसार निर्वाचन आयोगले जारी गरेको आचारसंहिता आकर्षित हुनेगरी गरिएका कार्यहरू निर्वाचनको स्वच्छता, निष्पक्षता कायम गर्ने सन्दर्भमा यिनीहरू प्रतिकुल हुन् भन्ने आयोगले महशुस गरेर त्यो विषयमा विज्ञता राख्ने निकाय सञ्चार जगत्लाई नजिकबाट बुझ्ने, त्यसको स्वतन्त्रतालाई पनि ध्यान दिने र गर्न नहुने काम के–के हो त्यो पनि थाहा पाउने निकाय प्रेस काउन्सिल भएको हिसावले हामीले प्रेस काउन्सिललाई यो विषय लेखेर पठाएका छौँ । र त्यो त्यो एक्सपर्ट एजेन्सी हो त्यो । विज्ञ निकाय हो ।

त्यसले आफ्नो विज्ञताको प्रयोग गरेर त्यो विषयमा आवश्यक एक्सन लिनेछ भन्ने कुरामा आयोग विश्वस्त छ । त्यसैले अहिले यो विषय प्रेस काउन्सिलले के गरिरहेको छ भन्ने विषय कतिपय आजकै इन्फर्मेसन मसित नहुन पनि सक्छ ।

त्यसकारणले गर्दाखेकि यो विषयमा यहाँहरूले थप अपडेट त्यतैबाट लिनुहुनेछ भन्ने मैले आग्रह गर्छु । र विगतमा हामीले प्रेस काउन्सिलमा लेखेका विषयहरूमा प्रेस काउन्सिलले यो निर्वाचन एउटा राष्ट्रिय अभियान भएको हुनाले उहाँहरूले निर्वाचन आयोगको स्पिरिटअनुसार होस्टेमा हैँसे गरेरै काम गरेको हामीले पाएका छौँ ।

त्यस अर्थमा हामी प्रेस काउन्सिलको कार्यप्रति विश्वस्त छौँ र उहाँहरूले आफ्नो अधिकार क्षेत्रभित्र रहेर गर्नुपर्ने कामहरू गर्नुहुनेछ । र त्यसो हुँदा प्रेसको स्वतन्त्रता पनि हनन हुने छैन र निर्वाचन आचारसंहिता पालना गर्ने काममा पनि पालना गराउने काममा पनि सहयोग पुग्नेछ भन्ने विश्वास निर्वाचन आयोगले गरेको छ ।’

विगतमा पनि काउन्सिलले आयोगको स्पिरिट अनुसार ‘होस्टेमा हैँसे’ गर्दै काम गरेको स्मरण गर्दै प्रवक्ता भट्टराईले यसपटक पनि सकारात्मक सहयोगको अपेक्षा गरेको बताउनु भयो । यस कदमले प्रेस स्वतन्त्रता हनन नहुने बरु निर्वाचन आचारसंहिता पालना गराउन मद्दत पुग्ने आयोगको विश्वास छ । —न्युज एजेन्सी नेपाल