२१ भाद्र २०८३, आईतवार
,
Latest
पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरमा चितुवाले आक्रमण गर्दा एक जना घाइते



अ+ अ-

काठमाडौं। ललितपुरको गोदावरी नगरपालिका–५ सुनारटोलमा चितुवाले आक्रमण गर्दा एक जना घाइते भएका छन् ।

आज बिहान करिब ०८:३० बजे चितुवाको आक्रमण हुँदा ६१ वर्षीय रणबहादुर गर्तौला घाइते भएका छन्।

जिल्ला सोलुखुम्बु घर भई हाल सोही स्थानमा बसोबास गर्दै आएका गर्तौला कामबाट घर आउने क्रममा गोरेटो बाटोमा हिँडिरहेका बेला अचानक चितुवाले आक्रमण गरेको स्थानीयले बताएका छन्। घटनास्थलमा रहेका स्थानीय बासिन्दाले उनलाई बचाउने क्रममा चितुवालाई मारेका थिए।

घटनाबारे खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर ललितपुर अन्तर्गत प्रहरी चौकी लेलेबाट प्रहरी टोली खटिएको थियो। प्रहरी टोलीले घाइते गर्तौलाको उद्धार गरी आफन्तको सहयोगमा लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान मा उपचारका लागि पुर्‍याएको छ। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

मृत चितुवाको व्यवस्थापनका लागि जिल्ला वन कार्यालयसँग समन्वय गरिएको प्रहरीको भनाइ छ।