१७ श्रावण २०८३, आईतवार
,
Latest
मिसन एशियन गेम्सः आगामी पुस्तालाई प्रोत्साहित गर्न जुट्दै स्केटर शरद र गजेन्द्र ‘ब्रड पिक’ हिमपहिरो नेपालको पर्वतारोहणको इतिहासको दुःखद अन्त्यः महासचिव पोखरेल सुनचाँदीको मूल्य घट्यो लुम्बिनीमा गहुँको छालिबाट कलात्मक सामग्री निर्माण तालिमः खेर जाने वस्तुबाट आत्मनिर्भर बन्दै स्थानीय महिला देशमा अब धार्मिक द्वन्द्व देखिनु हुँदैन,सबै मिलेर बस्नुपर्छः गृहमन्त्री इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी ब्रड पिक हिमपहिरोमा निधन भएका ६ नेपालीप्रति एमालेद्वारा श्रद्धाञ्जली  नक्कली उत्पादन बिक्री–वितरण रोक्न मन्त्री यादवको निर्देशन, सयभन्दा बढी शंकास्पद वस्तु नियन्त्रणमा लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ सिरहाको गोलबजारमा कर्फ्यु खुकुलो, बिहान १० बजेदेखि साँझ ७ बजेसम्म आवतजावत खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आचारसंहिता पालना गर्न हुम्लाका सरोकारवाला सहमत



अ+ अ-

हुम्ला। आसन्न प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउन आज जिल्लास्थित राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकायका प्रमुख र पत्रकारलगायतको संयुक्त बैठक सम्पन्न भएको छ ।

प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा बसेको सो बैठकले सबै सरोकारवालाले निर्वाचन आंचारसंहिता परिपालन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी नाम्खा गाउँपालिका–६ का मतदातालाई मतदान गर्न सहज होस भनी कर्णाली कोरिडोरको उत्तर खण्ड ‘हिल्सा सिमिकोट सडक योजना कार्यालय’ र ‘पूर्वाधार विकास कार्यालय’लाई नारा लेकदेखि हिल्सा र न्यालु लेकको हिउँ पन्छ्याउन सहयोगको लागि अनुरोध गर्ने निर्णय गरिएको छ ।

यहाँको हिल्दुम विद्युत् सेवालाई निरन्तरता दिन र सिमिकोट गाउँपालिकाको उपभोक्तालाई २४ सै घण्टा खानेपानी उपलब्ध गराउन पहल गर्ने निर्ण यसमेत बैठकमा गरिएको जनाइएको छ ।

हुम्ला सदरमुकाममा सधैँ लोडसेडिङ् हुने र खानेपानी अभाव हुने गुनासो स्थानीयको छ । यसैबीच यहाँको सिमिकोट गाउँपालिका– ५ र ६ ठेहे गाउँको १ र २ मा मङ्गलबार देखि भोलि बिहीबारसम्म देउडा नाच सुरु भएको छ । सो नाचसँगै ढाल तरबार र छेलो समेतको खेल आजबाट सुरु भएको छ । रासस