२५ भाद्र २०८३, बिहीबार
,
Latest
उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुननिर्माणमा ढिलाई भए प्राधिकरणले जवाफ दिनुपर्ने



अ+ अ-

काठमाडौं । सांसदहरुले भारतीय सहयोगबाट हुने पुननिर्माणमा ढिलाई हुनुको कारणको जवाफ प्राधिकरणले दिनुपर्ने बताएका छन् ।

संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबारको बैठकमा सांसदहरुले अन्य देशबाट आउने सहयोगबाट हुने पुननिर्माणको काम सम्पन्न हुन लागिसेको तर भारतको सहयोगमा निर्माण हुने अधिकांस पुननिर्माणको काम सुरु हुन नसकेको भन्दै प्रश्न गरेका हुन् । सांसदहरुले समितिको बैठकमा राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीसँग भारतीय सहयोग ढिलो आउनुको कारणको जवाफ मागेका हुन् । सांसद खिमलाल भट्टराईले भारतीय सहयोग ल्याउन पछिल्लो समय नयाँ सर्तहरु आएको समाचार आएको भन्दै त्यसलाई स्पस्ट पार्न आग्रह गर्नुभयो । त्यस्तै सांसद सुरेन्द्रराज पाण्डेले अन्य मुलुकबाट आउने सहयोगबाट हुने पुननिर्माण सकिन लाग्दा पनि भारतीय सहयोग हुने पुननिर्माण सुरु हुन नसकेको भन्दै प्राधिकरणसँग जवाफ माग गर्नुभयो ।

बैठकमा पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले भारतीय सहयोगमा केही नयाँ सर्तहरु पुरागर्नुपर्ने भएकाले सहयोग रकम आउन ढिलाई भएको स्वीकार गर्नुभयो । भारतले आफ्नै निर्माण कम्पनी र आफ्नै निर्माण सामग्रिको प्रयोग गर्नुपर्ने सर्त राख्दा वैदेशीक सहयोग घट्दै गएको बताउनुभयो ।

बैठकमा सांसदहरुले एकिकृत वस्ती निर्माणका कामहरु अन्तिम चरणमा पुगेको भएपनि बस्ती सार्ने विषयमा समस्या रहेको भन्दै त्यसको समाधानका लागि जोड दिन प्राधिकरणको ध्यानाकर्षण गराएका थिए । त्यस्तै समितिका सभापति दिल कुमारी रावल थापाले पुननिर्माणको कामको प्रगति सन्तोषजनक रहेको र वैदेशिक सहयोग आउन ढिलाई हुन नदिन प्राधिकरणलाई निर्देशन दिनुभयो । त्यस्तै पुननिर्माणको सिलसिलामा आएका गुनासोहरुलाई सम्बोधन गर्न समेत समितिले निर्देशन दिएको छ ।

यस्तै सांसदहरुले पुरातात्वीक सम्पदाहरुको पुननिर्माणमा भएको ढिलाईको सम्बन्धमा पनि चासो देखाएका छन् । सांसदहरुले धरहरा, सिंहदरबार, तथा रानीपोखरिको पुननिर्माण सुरुभएपनि उपत्यका बाहिर रहेका सम्पदाहरुको पुननिर्माण सुरुहुन नसकेको भन्दै त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताएका छन् ।