१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता

देशभरीको चरा गणना गरिँदै

देशभरीको चरा गणना गरिँदै
अ अ+ अ-

नवलपुर । देशका सबै राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र र आरक्षमा चरा गणना शुरु भएको छ । गत शनिबारदेखि हुने भनिएको चरा गणना मौसमका कारण दुई दिनपछि सोमबारदेखि शुरु भएको हो । बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु बिडारीका अनुसार चितवन राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्रलगायत देशभरका राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र र आरक्षमा चरा गणना एकसाथ शुरु भएको हो ।

हरेक वर्ष ४ जनवरीदेखि १९ जनवरीसम्म चरा गणना हुने गर्दछ ।यस पटक ६५ ठाउँमा गणना हुने जनाइएको छ । चितवनमा नारायणी नदी किनार र निकुञ्ज तथा राप्ती किनारमा फरक फरक टोलीले जलचरा गणना गर्ने उनले जानकारी दिए । उनले भने, “चितवन राष्ट्रिय निकुञ्जको कुमरोज सामुदायिक वनबाट चरा गणना शुरु गरिएको छ”, चराविद्समेत रहेका बिडारीले भने, “नारायणी नदी र राप्तीको किनारमा चरा गणना गरिँदैछ ।”

कुमरोज वनदेखि कसराको पुलसम्म र निकुञ्जभित्रको लामीताल, तमोरताल, बीसहजारीताल, बाटुली पोखरीलगायतका तालहरुमा चरा गणना गरिने जनाइएको छ । सोसाइटीको पूर्वअध्यक्ष टिका गिरीले यसपटक दिव्यनगर र माडीको रिउखोलामा रहेका जलचराको पनि गणना गरिने जानकारी दिए । गणनामा क्यामेरा, बाइनोकुलर र टेलिस्कोपको प्रयोग गरिने उनले बताए । सोमबार भएको गणनामा चखेवा जातको चरा र जलकौवाको सङ्ख्या बढी पाइएको छ ।

अघिल्लो वर्षको चरण गणनामा चितवन निकुञ्ज र आसपासका क्षेत्रमा १५० प्रजातिका जलचरा भेटिएको थियो ।चितवनमा सोसाइटी, राष्ट्रिय निकुञ्ज तथा चराविद्हरुको टोलीले चरा गणना गरिरहेको छ । चरासँग सम्बन्धित व्यक्तिका साथै संरक्षणकर्मी र गणक गरी २२ जनाको टोली चरा गणनामा सहभागी छन् ।