१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता

१७ फरार अभियुक्त फेरी एकैदिन परे पक्राउ

१७ फरार अभियुक्त फेरी एकैदिन परे पक्राउ
अ अ+ अ-

सप्तरी । जिल्ला प्रहरी कार्यालयले विभिन्न मुद्दामा फरार रहेका १७ अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न स्थानबाट सोमबार ती अभियुक्तलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । अदालतबाट कैद तथा जरिवाना तोकिई हालसम्म फरार रहेका अभियुक्तलार्ई लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको उनले जानकारी दिए । पक्राउ पर्नेमा बोदे बर्साइन नगरपालिका–१० का ५९ वर्षीय खगेन्द्र यादव, खड्क नगरपालिका–४ का ५८ वर्षीय इसराइल मियाँ ,सोही नगरपालिका–६ का राजकुमार साह रहेका छन् ।

यसैगरी खड्क नगरपालिका –९ का मिश्रीलाल चौधरीको हकमा छोरा अरुणकुमार चौधरी र सुखैर चौधरीको हकमा श्रीमती सुकमारदेवी चौधरी, बोदे बर्साइन नगरपालिका–९ का ४७ वर्षीय चन्देश्वर साह तेली, खड्क नगरपालिका–६ का नजबुद मियाँ र सोही नगरपालिका–९ का महिनारायण चौधरीको हकमा भाइ दीपनारायण चौधरी रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहनुभएका भारतीले जानकारी दिए।

राजगढ गाउँपालिका–२ का बलवीरकुमार यादव, बलान बिहुल गाउँपालिका–३ का ५४ वर्षीय जयराम साह, सुरुङ्गा नगरपालिका–९ का ४० वर्षीय नरसिहं चौधरी, खड्क नगरपालिका–९ का फागु मण्डल, बोदे बर्साइन नगरपालिका–९ का ५७ वर्षीय झौली मण्डल, सोही नगरपालिका–२ का ४७ वर्षीय महेन्द्र साह र ३८ वर्षीय रामसुन्दर यादव, खड्क नगरपालिका बद्री चौधरी र सङ्गीताकुमारी चौधरी पक्राउ परेका छन् । प्रहरीले फरार अभियुक्त पक्राउ गर्ने अभियान यहाँ सञ्चालन गरेको जनाएको छ ।