१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

खतरा ! इरानद्वारा अमेरिकी सेनाको बेस क्याम्पमा दर्जन रकेट प्रहार



अ+ अ-

इरान । इरानले इराकस्थित अमेरिकी सेनाको बेस क्याम्पमा रकेट आक्रमण गरेको छ । इरानी अधिकारीलाई उद्धृत गर्दै अल जजिराले दिएको खबरअनुसार इराकको इन् अल आसादस्थित अमेरिकी गठबन्धन सेनाको बेस क्याम्पमा बुधबार बिहान दर्जन रेकेट प्रहार गरिएको हो । १३ रकेट प्रहार गरिएको र हालसम्म कुनै क्षति तथा हताहतीको विवरण प्राप्त नभएको बग्दादका संवाददातालाई उद्धृत गर्दै अलजजिरा जनाएको छ।

इरानी सरकारी टेलिभिजनले पनि रिभ्युलुसनरी गार्डले रकेट प्रहार गरेको र अमेरिकाले थप आक्रमण गरेमा ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ। अमेरिकी गठबन्धन सेनाको क्याम्पमा इरानतर्फबाट दर्जनभन्दा बढी रकेट प्रहार भएको अमेरिकाले पुष्टि गरेको छ ।

अहिले क्षतिको विवरण आकलन भइरहेको र आफ्ना गठबन्धन सेनाको रक्षाका लागि जस्तोसुकै कदम चाल्न तयार रहेको पेन्टागनले जनाएको छ । गत साता अमेरिकी आक्रमणमा इरानी कमाण्डर कासिम सुलेमानी मारिएपछि इरानले बदला लिने धम्की दिँदै आएको थियो ।