१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगद्वारा स्थानीय जनप्रतिनिधिलाई निर्वाचन प्रचारमा संलग्न नहुन अनुरोध



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्षमा निर्वाचन प्रचार-प्रसारमा संलग्न नहुनुपर्ने स्पष्ट पारेका छन् ।

उनका अनुसार केही स्थानहरूबाट जनप्रतिनिधिहरूले दल वा उम्मेदवारको प्रचारमा भाग लिएको गुनासो आयोगमा प्राप्त भएको छ। उनले भने, “निर्वाचन आचारसंहिता दफा ५ को ९क० को देहाय ४ अनुसार स्थानीय तहका जनप्रतिनिधिले आफ्नो कार्यक्षेत्रभित्र कुनै पनि राजनीतिक दल वा उम्मेदवारको प्रचार-प्रसारमा सहभागी हुन पाउँदैनन्। आयोगले यस व्यवस्था विपरीत क्रियाकलाप नगर्न सबै जनप्रतिनिधिलाई अनुरोध गरेको छ।”

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आयोगले स्वीकृत गरेको कार्यतालिका अनुसार राजनीतिक दल र उम्मेदवारहरूले फागुन ४ देखि १८ गते राति १२ बजेसम्म प्रचार-प्रसार गर्न पाउने व्यवस्था रहेको छ। तर उक्त अवधीमा पनि स्थानीय तहका जनप्रतिनिधिले प्रचारमा संलग्न हुन नहुने व्यवस्था कानूनमा स्पष्ट छ।

घिमिरेले भने, “निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिता कडाइका साथ पालन गर्न सबै पक्षलाई अनुरोध गरेको छ।”