६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशन कार्यतालिकामा छलफल गर्न सभापति खुला हुनुहुन्छ: कांग्रेस नेता महत



अ+ अ-

जिल्ला सभापतिको बैठक चलिरहँदा पार्टी केन्द्रीय कार्यालयमा पुगेका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवाले सहमति जुटाउन पटकपटक केन्द्रीय समिति बैठक सारेको जानकारी गराएका छन। महाधिवेशनमा केन्द्रित भएर अघि बढ्नुपर्ने बताउँदै उनले भने, “महाधिवेशनको मिति तोकिएको छ । त्यसको कार्यतालिकामा के परिमार्जन गर्नुपर्छ, त्यसमा ‘सभापति’ जहिले पनि खुला हुनुहुन्छ । महाधिवेशनको कार्यतालिका माग भएको अवस्थामा धेरै समय अन्योलमा बस्नु हुँदैन भनेर मिति घोषणा गरिएको हो ।”

नागरिकका अधिकार कुण्ठित गर्ने बाटोमा वर्तमान सरकार हिँडेको आरोप लगाउँदै नेता महतले यस्तो बेला पार्टीमा सानो कुरालाई ठूलो बनाएर प्रस्तुत हुँदा कसैलाई फाइदा नहुने धारणा व्यक्त गरे । “हाम्रो ऊर्जालाई तितरवितर गर्नुको सट्टा एकीकृत भएर महाधिवेशनको प्रक्रियामा अघि बढ्ने र लोकतन्त्रको रक्षाका लाग पार्टी केन्द्रीत हुनुपर्छ । एकवर्ष समयावधि थप गर्ने र फागुनमा महाधिवेशन गर्ने बारेमा कुनै विमति नै छैन” उनले भने ।

“सभापति देउवा भ्रातृ संस्था, केन्द्रीय विभाग, कार्यतालिकामा कहाँनिर परिमार्जन गर्नुपर्यो तयार हुनुहुन्छ । बैठकमा आएपछि नै त्यस बारेमा छलफल हुन्छ ” नेता महतले भने, “सभापतिले सहमतिका लागि धेरै प्रयास गर्दा पनि कुनै उपाय नलागेपछि उहाँहरु (वरिष्ठ नेता पौडेल समूह) को अनुपस्थितिमा निर्णय भएको हो ।” सबै जना बसेर केन्द्रीय समितिको बैठक बसेमा परिमार्जन गर्ने ठाउँ छ भने परिमार्जन गर्न सकिने उनको भनाइ थियो ।