२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

टोटेनह्यामको पोस्टमा आर्सनलको गोल वर्षा, लिभरपुल विजयी

टोटेनह्यामको पोस्टमा आर्सनलको गोल वर्षा, लिभरपुल विजयी
अ अ+ अ-

इङलिस प्रिमियर लिगमा आइतबार राति भएको खेलमा लिगको शीर्ष स्थानमा रहेको आर्सनलले टोटेनह्याम हस्पर्सलाई ४–१ गोल अन्तरले पराजित गरेको छ ।

टोटेनह्यामको गृह मैदान टोटेनह्याम हस्पर्स स्टेडियममा भएको खेलमा आर्सनलले आकर्षक खेल प्रस्तुतिका साथ लिगमा आफ्नो स्थिति थप मजबूत बनाएको छ । यो जितसँगै आर्सनलले लिगमा २८ खेलबाट ६१ अंक जोडेको छ ।

दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले भने २७ खेलबाट ५६ अंक सहित आर्सनललाई पछ्याइरहेको छ । यी दुई बीचको अंक दूरी केबल ५ छ ।

आर्सनलले पछिल्ला केही खेलहरुमा औसत प्रदर्शन गरेपछि सिटीसँगको अंक दूरी घटेको हो । आर्सनलले पछिल्ला पाँच खेलमा ३ मा जित र दुईमा बराबरी गरेको थियो ।

टोटेनह्यामसँगको खेलमा आर्सनलका फर्वार्ड एबिरेची एजेले ३२ र ६१ औं मिनेटमा २ गोल गरेका थिए भने भिक्टर ग्योकेरिजले ४७औं र ९४औं मिनेटमा २ गोल गरेका थिए ।

पछिल्ला खेलहरुमा कमजोर प्रदर्शन गरेपछि मुख्य प्रशिक्षक समेत बर्खास्त गरेको टोटेनह्यामका लागि एकमात्र गोल रान्डाल कोलो मुआनीले ३४औं मिनेटमा गरेका थिए ।

उता, लिभरपुलले नटिङघम फरेस्टसँग संघर्षपूर्ण खेल खेल्दै जित निकालेको छ । निकै प्रतिस्पर्धात्मक यस खेलमा लिभरपुलका लागि एकमात्र गोल ९७औं मिनेटमा म्याक एलिस्टरले गरेका थिए ।

यद्यपी, दुबै टिमबाट एकअर्काका पोस्टमा राम्रा मुभ सहित आक्रमण गरे पनि निर्धारित ९० मिनेटसम्म गोल भएको थिएन ।

यो जितसँगै लिभरपुल ४५ अंक सहित लिगमा छैटौं स्थानमा रहेको छ । गत वर्षको लिग बिजेता लिभरपुलले पछिल्ला पाँच खेलमा ३ मा जित र २ मा हार व्यहोरेको छ ।

अन्य खेलहरुका नतिजा
फुलह्याम vs सन्डरल्यान्ड (३–१)
क्रिस्टल प्यालेस vs उल्भ्स (१–०)
वेस्ट ह्याम vs बर्नमाउथ (०–०)