२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : दक्षिण अफ्रिकासामु भारतको लज्जास्पद हार



अ+ अ-

आइसिसि टी–२० विश्वकप क्रिकेट अन्तर्गत गएरातिको खेलमा दक्षिण अफ्रिकासामु भारतको लज्जास्पद हार भएको छ । भारतको अहमदाबाद स्थित नरेन्द्र मोदी रंगशालामा भएको खेलमा भारत ७६ रनले हार व्यहोर्न बाध्य भयो ।

अफ्रिकाले दिएको १८८ रनको लक्ष पछ्याएको भारत १८.५ ओभरमा सबै विकेट गुमाएर १११ रनमा पभेलियन फर्किएको थियो । भारतका लागि शिभम दुबेले सर्वाधिक ४२ रन बनाएका थिए । अन्य ब्याट्सम्यानमा हार्दिक पान्ड्या र कप्तान सूर्यकुमार यादवले समान १८ रन बनाउनु बाहेक अन्य ब्याटर झिनो रन बनाएर आउट भएका थिए ।

भारतलाई सस्तैमा आउट गर्नेक्रममा अफ्रिकाली तिब्र गतिका बलर मार्को यान्सेनले ४ विकेट लिएका थिए । यस्तै, केशब महाराजले ३, कोर्बिन बोस्चले २ र एडेन मार्करमले १ विकेट लिएका थिए ।

बोर्डमा शून्य रन हुँदा अभिषेक शर्माको विकेट गुमाएको भारतले त्यसपछि लगातार विकेट गुमाएको थियो ।

यसअघि, अफ्रिकाले टस जितेर भारत विरुद्ध ब्याटिङ गरेको थियो । निर्धारित २० ओभरमा अफ्रिकाले डेभिड मिलर (६३ रन), डिवाल्ड ब्रेभिस (४५ रन) र ट्रिस्टान स्टब्स (४४) रन को मद्दतले १८७ रन बनाएको थियो ।

प्रारम्भिक ब्याटरहरु क्वीन्टन डी कक (६), कप्तान एडन मार्करम (४) र रायन रिकलटन (७) सुरुमै पभेलियन फर्केपछि अफ्रिका संकटमा थियो तर डेभिड मिलर र डिवाल्ड ब्रेभिसले टिमलाई ठूलो स्कोरतर्फ डोर्याएका थिए ।