५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र

१२२ चिनियाँलाई दुई चाटर्ड विमान गरि चिनियाँ अधिकारीकै जिम्मा

१२२ चिनियाँलाई दुई चाटर्ड विमान गरि चिनियाँ अधिकारीकै जिम्मा
अ+ अ-

चीनसँग सुपुर्दगी सन्धि र कानुनी सहायक सन्धि नभए पनि नेपालले अन्तर्राष्ट्रिय साइबर अपराधको आरोपमा पक्राउ परेका एक सय २२ चिनियाँलाई औपचारिक प्रक्रियाबाटै ‘सुपुर्दगी’ गरेको छ । अन्य विदेशीलाई अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले नोटिस जारी गरेपछि मात्रै पक्राउ गर्ने र सम्बन्धित देशलाई बुझाउने गरिएको थियो । चिनियाँलाई भने प्रक्रिया मिचेर निष्कासन गरिएको हो । एकैपटक ठूलो संख्यामा विदेशीलाई पक्राउ गरेर बुझाइएको यो पहिलो घटना हो ।

नेपालमा पक्राउ परेका आफ्ना नागरिकलाई लैजान चीनले बुधबार दुईवटा चार्टर्ड विमान ल्याएको थियो । विमानमा चिनियाँ अधिकारीसँगै सुरक्षाकर्मीसमेत आएका थिए । नेपाली अधिकारीहरूले विमानमै लगेर उनीहरूलाई बुझाएका थिए । विमानमा चढाएपछि उनीहरूलाई चिनियाँ सुरक्षा अधिकारीले हत्कडी लगाएका थिए । नेपालले पक्राउ परेका अन्य देशका नागरिकलाई पनि निष्कासनको प्रक्रियामार्फत सम्बन्धित देशलाई बुझाउने गरेको छ । तर, अन्य विदेशीको हकमा इन्टरपोलले नोटिस जारी गरेका व्यक्तिलाई मात्र पक्राउ गरेर सम्बन्धित देशमा बुझाउने गरिएको थियो ।

तर, बुधबार निष्कासन गरिएका चिनियाँलाई इन्टरपोलको नोटिस थिएन भने अनुसन्धानसमेत नगरी बुझाइएको हो । पक्राउ परेका चिनियाँलाई निष्कासन गर्दा विमानस्थलमा समेत विशेष व्यवस्था गरिएको थियो । डिपार्चरनजिक उनीहरूलाई गाडीबाट झारेर बोर्डिङ पास दिइएको थियो । त्यहाँबाट गाडीमै हालेर विमानछेउ पुर्याइएको थियो । त्यहाँ ओरालेर ट्राभल डकुमेन्ट हेरी डिपार्चर स्ट्याम्प लगाएर विमानमा पुर्याइएको थियो । दुई देशबीच सुपुर्दगी सन्धि र कानुनी सहायक सन्धि नभए पनि उनीहरूलाई औपचारिक प्रक्रियाबाटै बुझाउने प्रवृत्तिले निर्दोष मान्छे पनि फस्न सक्ने र यसले नेपाललाई असर गर्न सक्ने कतिपयको चिन्ता छ ।

नेपाल र चीनबीच औपचारिक रूपमा पारस्परिक कानुनी सहायतासम्बन्धी सन्धि भइसकेको छैन । चिनियाँ राष्ट्रपति सी जिनपिङको तीन महिनाअघिको नेपाल भ्रमणमा दुई देशबीच यससम्बन्धी सहमति भए पनि कार्यान्वयन प्रक्रिया सुरु हुन सकेको छैन । पक्राउ परेका चिनियाँले काठमाडौंमा घर भाडामा लिएर इन्टरनेटमार्फत ठगी, जुवाको अवैध कारोबार गर्दै आएका थिए ।

त्यसबापत हजारौँ चिनियाँ पीडित भएपछि चीनले नै नेपाली अधिकारीलाई सूचना दिएर अप्रेसनका लागि आग्रह गरेको थियो । तर, योजनाअनुसार अप्रेसन सफल नभएपछि थोरै मात्र पक्राउ परेका र सयौँ चिनियाँ भाग्न सफल भएका छन् । चीनले यसैगरी मलेसिया, कम्बोडियालगायत देशबाट समेत विदेशमा बसेर अपराध गर्ने आफ्ना नागरिकलाई पक्राउ गरेर चार्टर्ड विमानमार्फत लगेको थियो ।

पक्राउ परेकाबाट बरामद प्रमाण पनि चिनियाँ अधिकारीकै जिम्मा:पक्राउ परेकाहरूबाट बरामद प्रमाणसमेत कानुनी बाटो मिचेर चिनियाँ अधिकारीहरूलाई बुझाइएको छ । चिनियाँहरूबाट बरामद ल्यापटप, मोबाइललगायत प्रमाण चिनियाँ अधिकारीलाई नै दिइएको छ । उनीहरूबाट पाँच सयभन्दा धेरै ल्यापटप बरामद भएको थियो । अभियुक्तहरूको मुद्दा सकिएपछि यस्ता सामान सामान्यतया सम्बन्धित व्यक्तिलाई बुझाउने गरिन्छ ।

गत ७ पुसमा पक्राउ परेका उनीहरूलाई सुरुमा प्रहरीले अभद्र व्यवहार मुद्दामा कारबाही गरेको थियो । तर, थप अनुसन्धान भएन । गत आइतबार काठमाडौंका सिडिओ जनकराज दाहालले उनीहरूलाई एक–एक हजार रुपैयाँ जरिवानाको फैसला गरेका थिए । अध्यागमन विभागले पनि मंगलबार एक–एक हजार रुपैयाँ जरिवाना गराएर निष्कासनको निर्णय गरेको थियो । जब कि अभद्र व्यवहार मुद्दामा १० हजार तथा अध्यागमनले ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने अधिकार थियो । नयाँ पत्रिका दैनिकबाट