२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

बञ्चरेडाँडा ल्यान्डफिल साइट परिसरमा अनधिकृत प्रवेश निषेध

बञ्चरेडाँडा ल्यान्डफिल साइट परिसरमा अनधिकृत प्रवेश निषेध
अ अ+ अ-

काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा अनधिकृत व्यक्तिहरूको उपस्थितिले सवारी दुर्घटना निम्त्याउन सक्ने भन्दै यहि फागुन ८ गतेदेखि ल्यान्डफिल साइट परिसरमा अनधिकृत प्रवेश पूर्ण रूपमा निषेध गरिएको जनाएको छ ।

महानगरले सूचना प्रकाशन गरी फोहोरमैला विसर्जन स्थलमा फोहोरमैला/कवाडी टिप्ने अनधिकृत संकलनकर्ता तथा अन्य अनधिकृत व्यक्तिहरूको प्रवेशका कारण विभिन्न स्वास्थ्य तथा मानवीय जोखिम सिर्जना हुने तथा फोहोरमैला विसर्जनको क्रममा दैनिक प्रयोग हुने हेभी सवारी साधन (डोजर, एक्साभेटर, लोडर, जेट, ट्रिपर आदि) निरन्तर चलायमान हुने हुँदा अनधिकृत व्यक्तिहरूको उपस्थितिले सवारी दुर्घटना निम्त्याउन सक्ने बताएको छ ।

काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागबाट सञ्चालन हुँदै आएको बञ्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा दैनिक रूपमा २४ वटा स्थानीय तहको फोहरमैलाको अन्तिम व्यवस्थापन कार्य हुँदै आइरहेको छ।

अतः उक्त ल्यान्डफिल साइट स्थलमा अनुमति प्राप्त व्यक्ति, कर्मचारी, सुरक्षाकर्मी तथा आधिकारिक रूपमा खटिएका व्यक्तिहरू बाहेक अन्य कुनै पनि व्यक्ति प्रवेश नगर्न/नगराउनुहुन अनुरोध गरिन्छ, सूचनामा भनिएको छ ।

महानगरको अनुरोध  उल्लंघन गर्ने व्यक्तिलाई प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ । साथै अनधिकृत व्यक्ति प्रवेश गरी कुनै दुर्घटना घटेमा कार्यालय जवाफदेही नहुने एवम सम्बन्धित पक्ष व्यक्तिलाई कानुन अनुसार सजाय हुने पनि सूचनामा उल्लेख छ ।