५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशेष आर्थिक क्षेत्रमा देखिएका समस्याको समाधान हुन्छ : मन्त्री भट्ट



अ+ अ-

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज)मा देखिएका समस्याको समाधानका लागि आफु तयार रहेको बताउनु भएको छ ।

नीतिगत समस्या समाधानका लागि समय लाग्ने भएपनि अन्य समस्या समाधानका लागि आफुसहितको टोली अनुगमनमा गई तत्काल निर्णय गर्ने बताउनु भएको हो । ‘नेपालमा सेजको पुर्वाधारको अवस्था’को विषयमा बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री भट्टले आफु सहितको टिमले अनुगमन गरी उद्योगीहरु सेजमा आकर्षित हुन नसक्नुको कारण सम्बन्धमा अध्ययन गरी तत्काल समस्या समाधान गरिने बताउनुभएको हो ।

कार्यक्रममा अर्थविद् डा. शंकर शर्माले भैरहवा सेजमा विद्युत आपूर्ति लगायत विभिन्न पूर्वाधारको समस्या रहेकाले उद्योगीहरु आकर्षित हुन नसकेको बताउनुभयो । उहाँले विद्युत प्राधिकरणले ५ मेगावाट विद्युत तत्काल उपलब्ध गराउने भएपनि सेज भित्र कै व्यवस्थापनका कारण विद्युतको समस्या देखिएको बताउनुभयो । जसले गर्दा उद्योगीहरु आकर्षित हुन नसकेको उहाँले बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरणका उप महानिर्देशक हरराज न्यौपानेले भैरहवा सेजको विद्युत आपूर्तिमा ५ मेगावाट सम्म अहिलेकै सिस्टमबाट विद्युत आपुर्ति गर्न सक्ने भएकाले विद्युतको समस्या आफुले बुझ्न नसकेको बताउनुभयो । उहाँले बुटवलदेखि सेज सम्म पुग्ने ३३ केभि लाइनलाई छ महिना भित्रमा २९ केभि लाइन पु¥याइसक्ने प्रतिवद्धता जनाइसकेको बताउँदै सेज भित्रको वितरण प्रणाली प्रधिकरणको कार्यक्षेत्रभित्र नपर्ने स्पष्ट पार्नुभयो ।

निर्यात गरिने वस्तु उत्पादनका लागि उद्योग स्थापना गर्न विशेष आर्थिक क्षेत्र (सेज)को अवधारणा आएको हो । जसमा सरकारले कर तथा अन्य पुर्वाधारमा विशेष सुविधा दिने छ । सेजमा स्थापना भएको कम्पनीले पहिलो ५ वर्षसम्म शत प्रतिशत आयकर छुट पाउने छ र त्यस पछि ५० छुट छुट पाउने छ । त्यस्तै उद्योग सञ्चालनमा आएको १ वर्ष सम्म उत्पादन भएको वस्तु वा सेवा अन्तरिक बजारमा विक्री गर्न पाउने छ भने १ वर्षपछि ६० प्रतिशत वस्तु निर्यात गर्नुपर्ने व्यवस्था छ । तर सेजमा पुर्वाधार विकास हुन नसक्दा अझै लक्ष्य अनुसारका उद्योगहरु सञ्चालनमा आउन सकेका छैनन् ।