१५ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे शिक्षक हत्याः आरोपितको नामावली सार्वजनिक कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर मृत्युको प्रश्नदेखि जीवनको उत्तरसम्म : सद्गुरुसँग बितेको भावुक साँझ सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकाबाट चोरी भएका ५३ मोटरसाइकल फेला



फाइल फोटो
अ+ अ-

काठमाडौँ। ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट चोरी भएका ५३ मोटरसाइकल तथा स्कुटर खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट चोरी भएका ३१ मोटरसाइकल र २२ स्कुटर खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाएको कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले जानकारी दिनुभयो । भेटिएका सवारीसाधन अधिकांश काठमाडौँ उपत्यका वरिपरि जिल्लामा प्रयोग हुने गरेको पाइएको उहाँले बताउनुभयो ।

चोरी भएका मोटरसाइकललाई लगेर नम्बर प्लेट र स्वरूप परिवर्तन गर्ने तथा नक्कली कागजपत्र बनाएर बेचबिखन गर्ने गरेको पाइएको छ । कार्यालयले आफ्नो सवारीसाधन हराएमा तत्कालै नेपाल प्रहरीको हटलाइन १०० वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा खबर गर्न आग्रह गरेको छ । रासस