९ श्रावण २०८३, शनिबार
,
Latest
ब्राउन सुगरसहित दुई जना पक्राउ सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना, जनप्रतिनिधिको सुरक्षा गर्न सरकारसँग माग बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु) फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा



अ+ अ-

कास्की। जावलाखेल युथ क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

पोखरा रङ्गशालामा आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा पाहुना टोली उज्वेकिस्तानको आभा एफसीलाई १–० गोलले पराजित गर्दै जावलाखेल उपाधि नजिक पुगेको हो । आहा रारामा १४ वर्षपछि फाइनलमा स्थान बनाएको जावलाखेलले शनिबार उपाधिका लागि आयोजक टोली सहारा क्लब पोखरासँग प्रतिस्पर्धा गर्नेछ ।

सहारा बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई हराउँदै फाइनल पुगिसकेको छ । जावलाखेल विसं २०६८ मा मनाङ मस्र्याङदी क्लबसँग उपाघि भिडन्तमा पराजित भएपछि त्यसयता फाइनल पुग्न सकेको थिएन ।

खेलको ५२औँ मिनेटमा आभाका खुसन गनिजानोभले आत्मघाती गोल गरेपछि जावलाखेलले अग्रता बनायो । धर्वेन्द्र कुँवरको क्रस बललाई गानिजानोभले रोक्ने खोज्दा बल पोष्ट भित्र छिरेको थियो । जावलखेल ६०औँ मिनेटमा १० खेलाडीमा सीमित भए पनि त्यसको फाइदा पाहुना टोलीले उठाउन सकेन । आभाका र्सादोवेक मातुमारोभलाई मुक्का हानेपछि युवराज ढकालले रातो कार्ड खाँदै बाहिरिएपछि जावलाखेल १० खेलाडीमा सीमित बन्यो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका जावलाखेलका विदेशी खेलाडी जोखिदजोन राखिमोभ ‘प्लेयर अफ द म्याच’ घोषित भए र रु १० हजार पुरस्कार पाए । गत माघ २७ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल फागुन ९ गते शनिबार हुनेछ ।

प्रतियोगिताको च्याम्पियन टोलीले रु १४ लाख एक हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउँदा उपविजेता टोलीले रु सात लाख एक हजारसहित ट्रफी र मेडल पुरस्कार पाउने आयोजक सहारा क्लब जनाएको छ । यसैगरी सर्वोत्कृष्ट खेलाडीले स्कुटर पुरस्कार पाउँदा अन्य पाँच विधामा उत्कृष्ट हुनेले जनही रु २५ हजार र ट्रफी पुरस्कार पाउनेछन् । रासस