२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता

निर्वाचनको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैनः प्रमुख निर्वाचन आयुक्त भण्डारी

निर्वाचनको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैनः प्रमुख निर्वाचन आयुक्त भण्डारी
अ अ+ अ-

काठमाडौँ: निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न नपाइने स्पष्ट पार्नुभएको छ ।

१० औँ निर्वाचन दिवसका अवसरमा बिहीवार आयोजित कार्यक्रममा उहाँले निर्वाचन आचारसंहिताले मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्न निषेध गरेको बताउनु भयो । उहाँले कुनैपनि प्रेससँग सम्बन्धित व्यक्ति वा संस्थाले मत सर्वेक्षण गरेर ‘फलानो उम्मेदवार जित्यो’ वा ‘फलानो हार्‍यो’ भनेर अग्रिम घोषणा गर्न नपाइने उल्लेख गर्नुभयो ।

उहाँकाअनुसार हाल निर्वाचनको लागी सामाजिक सञ्जाल र प्रेस जगत सबैभन्दा पेचिलो विषय बनेको छ । केही अनलाइन माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले संविधानको धारा १९ अनुसार अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित गरिएको गुनासो गर्दै आयोगसमक्ष विषय उठाएको भएपनि पूर्वसन्ध्यामा मत सर्वेक्षण गरी परिणाम घोषणा गर्दा अन्य प्रतिष्पर्धीको मनोबल घट्ने र मतदातामा भ्रम तथा प्रभाव पर्नसक्ने भएकाले यस्तो कार्य कारबाहीको विषय बन्ने उहाँले स्पष्ट पार्नुभयो ।

निर्वाचन आयोगले यस विषयमा शुन्य सहनशीलताको नीति अपनाएको उहाँको भनाई छ । उहाँले सञ्चारमाध्यम तथा संवद्ध व्यक्तित्वहरूलाई मत सर्वेक्षण नगर्न पनि आग्रह गर्नुभयो । उहाँले सामाजिक सञ्जालको दुरुपयोग बढ्दो क्रममा रहेको उल्लेख गर्दै आयोगले यस सम्बन्धमा अध्ययन तथा अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । सामाजिक सञ्जालमार्फत कसैको चरित्र हत्या गर्ने वा कसैलाई अतिरञ्जित रूपमा प्रश्तुत गर्ने कार्य गर्न नहुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अहिलेको सन्दर्भमा सबैभन्दा पेचिलो विषयवस्तु भनेको सामाजिक सञ्जाल र प्रेस जगत हो । कुनै पनि प्रेससँग सम्बन्धित व्यक्ति तथा संस्थाहरुले निर्वाचनको पूर्वसन्ध्यामा मत सर्वेक्षण गरेर फलानोले जित्यो र फलानोले हार्‍यो भनेर अग्रिम घोषणा गर्न पाइँदैन । यो आचारसंहिताले निषेध गर्दछ । केही अनलाई तथा सामाजिक सञ्जाल चलाउने व्यक्तिहरुले संविधानको धारा १९ बमोजिम हामीले गर्न पाउने हक किन कुण्ठा गर्छौं भन्ने लगायतका विषयवस्तुहरु पनि उहाँहरुले निर्वाचन आयोगमा प्रवेश गराउनुभएको छ । तर यो हुँदाहुँदै पनि मत सर्वेक्षण गरेर परिणाम घोषणा ग¥यो भने त्यसमा अरु सबै प्रतिष्पर्धीको मनोबल घिर्छ र मतदाताहरुको मनोबल पनि भड्किन्छ । त्यसो भएको हुनाले यो कारबाहीको विषय बन्छ, बन्नैपर्छ । निर्वाचन आयोगले यसको शुन्य सहनशिलता अपनाएको छ । कुनैपनि प्रेस जगतमा संलग्न व्यक्तित्वहरुले कृपया मत सर्वेक्षण नगरिदिनुहोला । हामीलाई त्यो विषयवस्तुमा मतसर्वेक्षणको विषयमा कारबाहीको कलम चलाउन बाध्य नपारियोस् । मैले सबै सञ्चारक्षेत्रका साथीहरुलाई आग्रह गरे कृपया यो काम बन्द गरियोस् । अहिले सामाजिक सञ्जालको व्यापक दुरुपयोग बढिरहेको छ । हामीले त्यो सम्बन्धमा अध्ययन अनुसन्धान गरिरहेका छौँ । त्यसको प्रतिवेदन साथीहरुले तयार गरिरहनुभएको छ । सामाजिक सञ्जाल दुरुपयोग गरेर कोही व्यक्तिको चरित्र हत्या गर्ने र सकैलाई एकदम परमाधिपति बनाउने लगायतका विषयवस्तु पनि सामाजिक सञ्जालबाट हुनुहुँदैन ।’ 

उहाँले समाजिक सञ्जालमा आएका सबै विषयवस्तुलाई सही नठान्न पनि आग्रह गर्नुभयो । उहाँले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई पनि अनावश्यक विषयवस्तु प्रचारप्रसार नगर्न आग्रह गर्नुभयो । निर्वाचन आचारसंहिता सबैले पालना गर्नुपर्ने उल्लेख गर्नुहुँदै उहाँले आचारसंहिता पालना नगरे सबै कारबाहीको भागिदार हुनुपर्ने बताउनु भयो । – न्युज एजेन्सी नेपाल