२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता

भ्रष्टाचार, नातावाद र विभेदविरुद्धको संकल्पलाई संस्थागत सुधारमार्फत सम्बोधन गरौँ: प्रधानमन्त्री कार्की

भ्रष्टाचार, नातावाद र विभेदविरुद्धको संकल्पलाई संस्थागत सुधारमार्फत सम्बोधन गरौँ: प्रधानमन्त्री कार्की
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार, नातावाद र विभेदविरुद्धको संकल्पलाई संस्थागत सुधारमार्फत सम्बोधन गर्नुपर्ने बताउनु भएको छ ।

७६औँ प्रजातन्त्र दिवस तथा निर्वाचन दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दे प्रधानमन्त्रीले यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभएको छ स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचनमार्फत लोकतान्त्रिक स्थायित्व र समृद्ध नेपाल निर्माणका लागि एकजुट हुनु पर्ने छ ।

उहाँले लेख्नुभएको छ –

७६औँ प्रजातन्त्र दिवस तथा निर्वाचन दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना।

२००७ सालको क्रान्तिले हामीलाई रैतीबाट नागरिक बनायो र २०१५ सालमा आजकै दिनबाट पहिलो संसदीय निर्वाचनको सुरुवात भयो।

तर लोकतन्त्रलाई जीवनशैली बनाउन नेतृत्व तहबाटै चुक्यौँ। पटकपटक आन्दोलन गर्नुपर्‍यो।

अब त्यस नियतिको अन्त्य गर्नैपर्छ।

भ्रष्टाचार, नातावाद र विभेदविरुद्धको संकल्पलाई संस्थागत सुधारमार्फत सम्बोधन गरौँ।

स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचनमार्फत लोकतान्त्रिक स्थायित्व र समृद्ध नेपाल निर्माणका लागि एकजुट बनौँ।

प्रजातन्त्र र सुशासनका लागि जीवन अर्पण गर्ने सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली।