२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता

अब कसैले पनि नकाब लगाएर सिंहदरबार जलाउन पाउँदैनः सभापति थापा

अब कसैले पनि नकाब लगाएर सिंहदरबार जलाउन पाउँदैनः सभापति थापा
अ अ+ अ-

धनुषा: नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले २४ भदौको जसरी अब कसैले पनि नकाब लगाएर सिंहदरबार जलाउन नपाउने दाबी गर्नुभएको छ ।

बुधवार पार्टीले धनुषामा आयोजना गरेको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै सभापति थापाले यस्तो दाबी गर्नुभएको हो । उहाँले २३ भदौको जस्तो सुशासनको नारा लगाउँदैमा कुनैपनि नागरिकले राज्यको गोलीबाट पर्नुनपर्ने प्रतिज्ञा समेत गर्नुभयो । उहाँले जेन—जी विद्रोहको भावनालाई पार्टीले आत्मसाथ गरेको पनि बताउनु भयो । उहाँले संघीयतालाइए जोगाउँदै यसको थप प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको पनि बताउनु भयो ।

उहाँले मधेस प्रदेशलाई केन्द्रमा राखेर संघीयतासम्बन्धी देखिएका सबै समस्याहरुको हल गर्ने प्रतिज्ञा समेत गर्नुभयो । उहाँले मधेशकै छोराले पढाएका व्यक्तिहरु विगतमा शक्ति केन्द्रमा पुगेको भएपनि पछिल्लो समय शिक्षाको गुणस्तर कमजोर हुँदै गएको उल्लेख गर्दै त्यसको सुधारका लागि आफू मधेस झरेको जिकिर गर्नुभयो । उहाँले मधेशको शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार्न पार्टीलाई बहुमतका साथ विजयी गराउन अपिल पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अब कुनैपनि युवक भाद्र २३ गतेजस्तो राज्यको गोलीबाट मारिनु पर्दैन । यो हाम्रो प्रतिज्ञा हो । अब कसैले पनि नकाब लगाएर सिंहदरबार जलाउन पाउदैन, यो हाम्रो प्रतिज्ञा हो । भाद्र २३ र २४ गते जुन भावना लिएर तन्नेरीहरु सडकमा ति सबै भावनाहरुलाई नेपाली काँग्रेस ग्रहण गर्छ । यो संघीयतालाई जोगाउनुपर्नेछ । यसलाई कामकाजी पनि बनाउनुपर्नेछ । प्रदेश सरकारसँग मिलेर, मधेश प्रदेशलाई केन्द्रमा राखेर नेपालको संघीयतामा देखिएका सबै समस्याहरुको हल गरेर नेपालमा संघीयता किन चाहिन्छ भन्ने कुरालाई हामी प्रमाणित र स्थापित गर्न चाहान्छौँ । यो प्रतिज्ञा गर्न पनि हामी आज यहाँ उभिएका हौँ । जतिपनि मन्त्री र प्रधानमन्त्री भएका छन् सबैलाई मधेशका छोराहरुले नै पढाएर भएका हुन् । तर आज हाम्रो मधेसको विद्यालयमा गणित र विज्ञानमा सबैभन्दा बढी कमजोरी मधेस प्रदेशमै भइरहेको छ । आजको युगमा एउटा युवाले महिनाको लाखौँ कमाउने अवस्था बनिरहेको छ । मधेशको शिक्षाको गुणस्तर यस्तै रहने हो भने एकचोटि फेरि यहाँको युवाले कमाउने अवसर गुमाउनेछ । त्यसकारण मधेश प्रदेशको शिक्षाको गुणस्तर सुधार्ने प्रतिज्ञा गर्न हामी यहाँ आएका हौँ । म स्वास्थ्यमन्त्री हुँदा शुरु गरेको स्वास्थ्य बीमाको कार्यक्रम पूर्णतः लागू भइसकेको छैन । त्यो सपना पूरा गर्नुपर्नेछ । अब कुनैपनि नागरिकले कुनैपनि रोगको उपचार गर्दा एक पैसा पनि नतिरी स्वस्थ भएर घर फर्किने व्यवस्था सुरुवात गर्छौं ।’

उहाँले आफू स्वास्थ्यमन्त्री हुँदा अघि सारेको स्वास्थ्य बीमा कार्यक्रमको पूर्ण कार्यान्वयनको सपना अबको पाँच वर्षभित्र पूरा गर्ने दाबी पनि गर्नुभयो । -न्युज एजेन्सी नेपाल