९ भाद्र २०८३, मंगलवार
,
Latest
स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाका महासचिव ऋषि कट्टेलसहित चार जना पक्राउ



अ+ अ-

काठमाडौँ, ६ फागुनः निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव ऋषि कट्टेललाई प्रहरीले आज पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले कट्टेललाई आज कीर्तिपुरबाट पक्राउ गरिएको जानकारी दिनुभयो । हालसम्म कट्टेलसँगै निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा चार जनालाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार मङ्गलबार राति नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बाँस्तोला, नेता विष्णुप्रसाद तिमिल्सिना र दुर्गा प्रसाईं समूहका एसपी साहलाई पनि पक्राउ गरिएको छ । उनीहरूले निर्वाचन बहिष्कार गर्ने अभिव्यक्ति दिएका थिए ।

नेकपा, नेकपा बहुमतलगायत केही साना दलले निर्वाचन बहिष्कार गर्दै निर्वाचनविरोधी गतिविधि गरिरहेकाले प्रहरीले उनीहरूलाई निगरानीमा राखेको छ ।रासस