२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता

पहिला राष्ट्रिय सहमति, अनिमात्र निर्वाचन

पहिला राष्ट्रिय सहमति, अनिमात्र निर्वाचन
ज्ञानेन्द्र शाह/ फाइल फोटो
अ अ+ अ-

जनता र राजाको संयुक्त प्रयत्नबाट ७५ वर्षअघि नेपालमा प्रजातन्त्रको मिर्मिरे घाम उदाएको सुखद दिवसको सम्झना गर्दै हामी सबै नेपालीलाई हार्दिक शुभकामना व्यक्त गर्दछौँ। प्रजातन्त्र स्थापनाको निम्ति उदारता दर्साइबक्सिने हाम्रा जिजुबुवाजु राष्ट्रपिता श्री ५ त्रिभुवनको सम्झना गर्दै मौसुफप्रति हामी श्रद्धासुमन अर्पण गर्दछौँ। प्रजातन्त्रका निम्ति जीवनदान दिने ज्ञात–अज्ञात सहिदहरू र प्रजातन्त्रका लागि क्रियाशील रहने सबै पात्रहरूप्रति पनि हामी श्रद्धाभाव व्यक्त गर्दछौँ।

केही महिनाको झापा बसाइपश्चात् राजधानी फर्किने क्रममा हाम्रो स्वागतमा सामेल हुनुहुने उपत्यकाका आदिवासी नागरिक एवं आम जनसमुदायमा हार्दिक आभारसहित धन्यवाद अर्पण गर्दछौँ। मुलुक असामान्य अवस्थाबाट गुज्रिरहेको वर्तमान अवस्थामा हामीप्रति दर्साएको यस्तो प्रेम र सद्भावले हाम्रो मन र मुटु मात्र छोएको नभई हाम्रा निम्ति एउटा अटल दायित्वबोधको प्रेरणा पनि मिलेको छ।

सिङ्गो मुलुक यतिबेला अस्वाभाविक छटपटीको भुमरीमा फसेको छ। देशको अस्मिता र अस्तित्व नै सङ्कटमा परेको महसुस हरेक देशभक्त नेपालीले गरिरहेका छन्। विगतमा अनेकौँ नाममा आन्दोलन र सङ्घर्ष भए, सङ्घर्षको आडमा परिवर्तन पनि गरिए; तर सबै प्रकारका परिवर्तनहरूले नेपाल र नेपालीलाई के दियो भन्ने आत्मसमीक्षा गर्नुपर्ने समय अहिले आएको छ।

हाम्रो शत्रु विपन्नता र अस्थिरता हो, तर एउटा नेपालीले अर्को नेपालीलाई वैरी ठान्ने अवाञ्छित संस्कृतिलाई हामीले बढावा दियौँ, जसका कारण देश आज इतिहासकै सबैभन्दा गहिरो दर्दनाक स्थितिमा आइपुगेको छ। त्यसैले कठिन परिस्थितिमा परेको आजको मुलुकमा परस्पर घृणा र द्वन्द्वको राजनीतिमा पूर्ण विराम लगाउँदै सद्भाव र एकताको राजनीतिक संस्कृतिको प्रबोधन गरौँ।

प्रजातन्त्रमा राज्य व्यवस्था र प्रक्रिया संवैधानिक मान्यताअनुरूप चल्नु उपयुक्त हो। प्रजातान्त्रिक प्रणालीमा प्रतिनिधि छनोटको आवधिक निर्वाचन एक स्वाभाविक प्रक्रिया भए तापनि यतिखेरको आम जनभावना यो छ कि मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित हुन्छ। निर्वाचनपछि कुनै द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखेर राष्ट्रिय सहमति र सबैलाई समेटेर जाने समझदारी बनाएर मात्र निर्वाचनमा जाँदा नै त्यसले सही बाटो समात्ने थियो।

वर्तमान अवस्थामा अधिकार मात्र खोज्ने तर कर्तव्य नसोच्ने प्रवृत्ति मौलाइरहेको यस्तो दुःखद परिस्थितिमा ‘आलोपालो भाग लगाएर खाऊँ’ भन्ने सोचले होइन, ‘मिलेर काम गरौँ’ भन्ने कर्तव्यबोधले मात्र मुलुकलाई नयाँ गति दिन सकिन्छ। प्रजातन्त्रमा जनता आफैँ जागरूक बनेर समाज र राष्ट्रसेवाको सत्कर्ममा अग्रसर हुन पाउनुपर्ने हो, तर कसैलाई खुसी पार्नुपर्ने अनि कसैबाट तोकिनुपर्ने बाध्यात्मक व्यवस्थाको जञ्जिरमा बाँधिनुपरेको छ।

देशको भू–बनोट तथा समाजको प्रकृति सुहाउँदो व्यवस्था र प्रणालीले मात्र दिगो र सकारात्मक परिणाम दिन सक्छ। आम जनताको समग्र हित हुने तथा विश्वसामु नेपालीको उच्च शिर हुने व्यवस्था नै प्रजातान्त्रिक व्यवस्था नेपाललाई सुहाउँछ। कुनै पनि व्यवस्थाका राम्रा र असल पक्षहरू टिप्नु र राख्नुपर्छ। जुन व्यवस्थाका नराम्रा र खराब पक्षहरू हुन्छन्, तिनलाई फाल्नु र फ्याँक्नुपर्छ।

त्यसैले विश्वका कैयौँ राष्ट्रहरू पहिले आफ्नो देश, पहिला आफ्ना जनता र पहिला आफ्नो आवश्यकता भन्दै त्यही प्राथमिकतामा प्रजातन्त्रको पाइला बसाइरहेका छन्। हो, हामीले पनि हाम्रो धरातलीय यथार्थमा उभिएर प्रजातन्त्रको प्रयोग, परीक्षण र प्रशोधन गर्दै जानुपर्दछ। नेपालको एकीकरण, प्रजातान्त्रिकीकरण र आधुनिकीकरणसँगै जनताको बदलिँदो चाहना र आवश्यकतालाई ध्यानमा राखेर समयानुकूल परिवर्तन र परिमार्जन गर्दै आम जनताको दैनिक कामकाज सहज र सरल बनाउँदै जानुपर्ने आजको पहिलो आवश्यकता हो।

प्रजातन्त्रमा सबै थरी विचार, सबै थरी संस्कारको आधार हुनुपर्दछ। सबैले सबैलाई कदर गर्ने समन्वयकारी गुणबाट नै सामाजिक मूल्यको प्रजातन्त्र दिगो र दरिलो हुन्छ। अरूको भरमा परेर हामी अक्करमा नपरौँ।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्। जय नेपाल।

प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाह जारी गर्नुभएको सन्देश