४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

भोलि कुनै पनि खालको अनिष्ठ देशले भोग्न नपरोस्

भोलि कुनै पनि खालको अनिष्ठ देशले भोग्न नपरोस्
अ+ अ-

काठमाडौँ, ६ फागुन (रासस): सर्वप्रथमतः लोकतन्त्र दिवसका पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

हामीले लोकतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलनहरूमा जीवन आहुति दिने ज्ञात–अज्ञात सहिदहरूको योगदानलाई सधैँ उच्च सम्मानका साथ स्मरण गर्नुपर्छ । उनीहरूको त्याग र बलिदानले नै आजको उपलब्धि सम्भव भएको हो ।

तसर्थ, उनीहरूको योगदानको सम्मान गर्दै लोकतान्त्रिक मूल्य–मान्यतालाई व्यवहारमा उतार्नु हाम्रो साझा जिम्मेवारी हो । लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ गर्दै संविधानको प्रभावकारी कार्यान्वयनमार्फत स्थायित्व, सुशासन र विकास सुनिश्चित गर्नु हाम्रो साझा दायित्व हो ।

नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त प्रजातन्त्र हाम्रो राष्ट्रिय गौरव र ऐतिहासिक उपलब्धि हो । इतिहासलाई फर्केर हेर्ने हो भने नेपालको राष्ट्रिय एकीकरणको चरणदेखि २००७ सालको क्रान्ति होस् वा २०४६ सालको जनआन्दोलन वा २०६२÷÷६३ सालको जनआन्दोलन सफल हुनुमा नयाँ पुस्ताको अग्रणीि भूमिका रहेको देखिन्छ ।

युवाहरुकै युवाहरूकै वलिदानबाट बलिदानबाट नेपाली जनताले आफूलाई राज्यसत्ताको वास्तविक स्रोतका रूपमा स्थापित गरेका हुन् । युवा ऊर्जाशील रगतको बलमा नै देशको सार्वभौमिकता, स्वाभिमान र तथा जनजीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ । जनजीविकामा सुधार आउन सक्छ । देशको आवश्यकतामा उपयोग हुने युवा शक्तिमा कदापि अराजकता र, अधैर्यता हुनुआउन हुँदैन । कसैप्रति द्वेष, घृणा र विध्वंशको भाव नराखी राष्ट्रप्रति जिम्मेवार र उत्तरदायी बन्नुपर्दछ । हुँदै सार्वभौमिकता, स्वाभिमान र जनजीविकाप्रति संयम हुन आवश्यक छ । लोकतन्त्रका मुख्य आधारस्तम्भ भनेकै युवापुस्ता हुन् । नेपालको विविधता र राजनीतिक विभाजनबीच राष्ट्रिय एकता कायम राख्न सहमति र सहकार्य अपरिहार्य रहेको छ ।

युवापुस्तालाई विशेष रूपमा सम्बोधन गर्नु आजको आवश्यकता हो । तथापि, त्यसक्रममा ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरू तथा अन्य सबै सीमान्तीकृत समुदायका मुद्दा र सरोकारलाई बिर्सनु कदापि हुँदैन । लोकतान्त्रिक समाजमा सबै वर्ग, उमेर समूह र समुदाय एकअर्कासँग जोडिएर एउटै सामाजिक संरचनाभित्र सहअस्तित्वका साथ बाँचिरहेका हुन्छन् ।

यसकारण, राज्यका नीति, कार्यक्रम र राजनीतिक अभ्यासहरू समावेशी, न्यायपूर्ण र सन्तुलित हुनुपर्छ । कुनै एक वर्गको मात्र सशक्तीकरणले लोकतन्त्र बलियो हुँदैन, समाजका सबै वर्ग र समुदायको समान सहभागिता, संरक्षण र सम्मान सुनिश्चित गर्न सकेमा मात्र लोकतान्त्रिक प्रणाली दिगो र प्रभावकारी बन्न सक्छ । तसर्थ नेपालको विविधता र राजनीतिक विभाजनको अवस्था बीच राष्ट्रिय एकता कायम राख्न सहमति र सहकार्य अपरिहार्य रहेको छ ।

प्रजातन्त्रले लोकतन्त्रले नेपाली जनतालाई आफ्नो शासन आफैँ गर्ने अधिकार प्रदान गरेको छ । प्रजातन्त्र लोकतन्त्र केवल शासन प्रणाली मात्र नभई जनताको अधिकार र कर्तव्यबीचको सन्तुलन हो । अधिकारको उपभोगसँगै कर्तव्यप्रति सचेत हुँदै सामाजिक सद्भाव, राष्ट्रिय एकता, सहिष्णुता र पारस्परिक सम्मानलाई बलियो बनाउनु आजको आवश्यकता हो । लोकतान्त्रिक मूल्य–मान्यता व्यवहारमा उतार्न सके मात्र यसको प्रजातन्त्रको सार्थकता प्रमाणित हुन्छ ।

सामाजिक सद्भाव, राष्ट्रिय एकता, सहिष्णुता र पारस्परिक सम्मानलाई बलियो बनाउँदै समृद्ध नेपाल निर्माणतर्फ अघि बढ्नु आजको आवश्यकता हो । लोकतन्त्रलाई सफल बनाउन नागरिकको सक्रिय सहभागिता र जिम्मेवारीबोध अपरिहार्य रहेको हुन्छ । नागरिक सचेत, सूचित र सक्रिय नभएसम्म लोकतन्त्रको सार्थकता स्थापित हुन सक्दैन । त्यसैले लोकतन्त्रको रक्षा र सुदृढीकरणमा राज्य, राजनीतिक दल र नागरिक सबैको साझा दायित्व हुन्छ ।

जनताको सार्वभौमसत्ता, विधिको शासन, मानवअधिकारको संरक्षण, अभिव्यक्ति स्वतन्त्रता तथा समावेशी सहभागिताको सुनिश्चितता प्रजातान्त्रिक लोकतात्रान्त्रिक व्यवस्थाका आधारस्तम्भ हुन् । यी मूल्य–मान्यतालाई व्यवहारमा रूपान्तरण गर्न राज्यका सबै अङ्ग, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम र आम नागरिकबीच सहकार्य र उत्तरदायित्व आवश्यक अपरिहार्य छ ।

राजनीतिक दलपार्टीहरुहरूले आफूले अवलम्बन गरेका नीति, कार्यक्रम र सिद्धान्तको कार्यान्वयनबारे निरन्तर समीक्षा गर्दै समयानुकूल आफ्ना पार्टीका नीति, कार्यक्रम तथा र कार्यशैलीमा सुधार गर्दै लैजानुपर्छ । पार्टीभित्र स्वच्छ प्रतिस्पर्धात्मको निर्वाचनको अभ्यासका साथै, आन्तरिक बैठक छलफल गर्दा राष्ट्रिय एजेण्डालाई प्राथमिकतामा राख्न जरुरी छ । साथै, आज जलवायु परिवर्तनको प्रभावका कारण हाम्रो स्वास्थ्यदेखि पृथ्वीकै स्वास्थ्यमाथि गम्भीर सङ्कट देखा पर्न थालेकाले यस्ता विषयहरुहरूलाई पनि बहसमा बहसमा ल्याउन आवश्यक छुपर्ने हुन्छ ।

यस व्यवस्थालाई थप सुदृढ बनाउन राज्यका सबै अङ्ग, राजनीतिक दल, नागरिक समाज तथा आम नागरिकबीच सहकार्य र आपसी विश्वास आवश्यक छ । युवालाई रोजगारीको सुनिश्चितता, राज्यका सेवा प्रवाहलाई पारदर्शी, सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माण गर्न सकिएमा लोकतन्त्र प्रजातन्त्रप्रतिको जनविश्वास र आस्था अझ बढेर जानेछ । लोकतन्त्र केवल राजनीतिक व्यवस्था मात्र नभई नागरिकको सहभागिता, पारदर्शिता, उत्तरदायित्व र सामाजिक न्यायको सुनिश्चितता गर्ने जीवनशैली पनि हो । हामीले लोकतन्त्रलाई केवल अधिकारको उपभोगमा सीमित नराखी कर्तव्यबोधसँग जोड्नुपर्छ ।

सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै भ्रष्टाचार नियन्त्रण, पारदर्शिता प्रवद्धद्र्धन तथा जनमुखी सेवा प्रवाहमार्फत नागरिकको जीवनस्तर उकास्नु आजको आवश्यकता हो । लोकतन्त्रको रक्षा र प्रवद्र्धनमा हामी सबै सचेत, जिम्मेवार र प्रतिबद्ध हुन आवश्यक छ ।

अन्त्यमा लोकतन्त्रको रक्षा र प्रवद्र्धनमा हामी सबै सचेत, जिम्मेवार र प्रतिबद्ध हुन आवश्यक छ । लोकतन्त्रको महत्वपूर्ण आधार भनेकै आवधिक निर्वाचन पनि हो । मुलुक यतिबेला विषम परिस्थितिमा आम निर्वाचनको संघारमा रहेको छ । निर्धारित मितिअगावै एक किसिमले भन्ने हो भने यसलाई मध्यावधि निर्वाचन नै भन्न सकिन्छ । देशले गत भदौ २३ र २४ गते ठूलो दुर्घटना भोग्नुप-यो ।

आगामी दिनमा यस्ता घटना कहिल्यै दोहोरिन दिनुहुँदैन । यतिबेला पूर्व राष्ट्रपतिको हैसियतमा मैले आम नागरिकसँगै निर्वाचनमा आफ्नो अभिमत व्यक्त गरिरहँदा क्षणिक सस्तो लोकप्रियताका कुरामा भन्दा जिम्मेवार ढङ्गबाट गर्न आह्वान गर्न चाहन्छु । भोलि कुनै पनि खालको अनिष्ठ देशले भोग्न नपरोस् भन्ने कुरामा ख्याल राख्दै राजनीतिक स्थायित्व, आर्थिक समृद्धि, सुशासन र जनजीविकामा सुधार ल्याउनसक्ने पार्टीलाई मतदान गर्नुपर्ने अवसर हाम्रासामु आएको छ ।

(प्रस्तुत विचार पूर्वराष्ट्रपति भण्डारीसँग राससका आलेख प्रमुख कृष्ण अधिकारीले गर्नुभएको कुराकानीमा आधारित)