१३ असार २०८३, शनिबार
,
Latest
केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी ‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेना चढेको गाडी भोजपुरमा दुर्घटना, २४ जना घाइते



अ+ अ-

भोजपुर । भोजपुरमा नेपाली सेना चढेको बस दुर्घटना भएको छ ।

टेम्केमैयुङ गाउँपालिकामा निर्वाचन सुरक्षार्थ बेस क्याम्प स्थापना गर्न हिँडेको श्रीनाथ गणको टोली सवार ना.४ ख ७३१७ नम्बरको बस भोजपुर नगरपालिका-३ स्थित सेतीबगरमा दुर्घटना भएको हो ।

बसमा सवार २६ जनामध्ये दुई जना सकुशल रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी राजु लामाले जानकारी दिए । अन्य २४ जना भने घाइते भएका छन् । जसमा ९ जना गम्भीर घाइते रहेका लामाले जनाए ।

घाईतेहरुको भोजपुर अस्पतालमा उपचार भइरहेको छ ।