१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी

यस्तो रहनेछ आगामी तीन दिनको मौसम

यस्तो रहनेछ आगामी तीन दिनको मौसम
अ अ+ अ-

काठमाडौं । शुक्रबारदेखि पश्चिमी वायुको न्यून चापीय प्रणालीको प्रभाव हटेकाले आगामी तीन दिन मौसम सामान्यतया सफा रहने भएको छ । शनिबारदेखि सोमबारसम्म देशभर मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन्।

पश्चिमी वायुको प्रभाव हटेपछि तराईमा हुस्सुरकुहिरो लाग्ने मौसमविद् बताएका छन् । शनिवार बिहान तराई क्षेत्रमा हुस्सुरकुहिरो लागेको छ। तर त्यो दिउँसोतिर हट्ने सम्भावना रहेको मौसमविद्को अनुमान छ।

मौसमविद्का अनुसार आज काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा घाम लाग्ने सम्भावना छ।

शनिबार बिहान साढे ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको थियो ।

यस्तो छ आगामी ३ दिनको मौसम अनुमान :
पुस २६ गते (शनिबार)
दिउँसो : मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशका पश्चिमी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

पुस २७ गते (आइतबार)
दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ।

राति : देशभर मौसम सामान्यतया सफा रहनेछ।

पुस २८ गते (सोमबार)
दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ।

राति : देशका पश्चिमी भूभागमा मा सामान्य बदली भई अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।