२५ भाद्र २०८३, बिहीबार
,
Latest
सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट ग्यास अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण, सांसद वयकले भने– ‘नैतिक जिम्मेवारी कसले लिने ?’ रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त कृष्णभीरमा भदौभित्रै यातायात सञ्चालन गर्ने लक्ष्य, २५० मिटर नयाँ ट्रयाक निर्माण तीव्र जलवायु न्यायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दा बनाउन सरकारलाई संसदीय समितिको सुझाव अस्पतालबाहिर सुत्केरी घटनाको छानबिन गर्न मन्त्रालय र मेडिकल काउन्सिलको टोली राजविराज जाँदै हिमाल र हिमनदीलाई जोडेर विपद् पूर्वसूचना प्रणाली विकास गर्नुपर्छ : सांसद थापा महाभियोग प्रस्ताव दर्ता भएको छैन : संसद् सचिवालय रास्वपा महामन्त्रीको प्रश्नः सिंहदरबार र संसद भवन नै निर्माण हुन सकेको छैन, रसुवाको पुननिर्माण हुने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिकित्सकले सही रिर्पोट लेख्नुहोस् : महान्यायधिवक्ता



अ+ अ-

भद्रपुर । महान्यायधिवक्ता अग्निप्रसाद खरेलले चिकित्सकले सही प्रतिवेदन नलेखिदिँदा गम्भीर प्रकृतिका घटनाको अनुसन्धानमा ढिलो हुने र अपराध गर्नेले उन्मुक्ति पाउने बताउनुभएको छ । झापाको बिर्तामोडमा जिल्ला प्रहरी कार्यालय झापा र जिल्ला सरकारी वकिलको कार्यालयले संयुक्त रुपमा आयोजना गरेको ‘कानूनी चिकित्सा र विद्यमान कानूनी व्यवस्थाबारेमा सरोकार पक्षसँगको अन्तरक्रियामा उहाँले घटनाको प्रकृतिलाई राम्रो अध्ययन र प्रयोगशाला जाँच गरेर प्रतिवेदन नदिए अपराध गर्नेले उन्मुक्ति पाउने बताउनुभयो ।

“मैले चिकित्सकहरुलाई दुरुत्साहन र हतोत्साही गर्न चाहेको होइन बरु प्रोत्साहन गर्न खोजेको हुँ”, उहाँले भन्नुभयो, ‘जुन घटनाको लागि टेस्ट गर्न पठाइएको हो त्यसको बारेमा राम्रो जाँच गरेर जे देखिन्छ त्यहीसर्वसाधारणले बुझ्ने अक्षरमा लेखिदिनुस् ।”

उहाँले हत्या, बलात्कार, आत्महत्या जुनसुकै घटनाको परीक्षण गर्दा पनि यथार्थ प्रतिवेदन आएमा घटनाको सही पहिचान गरेर कानूनअनुसार अभियुक्तलाई दण्ड दिन सकिने बताउनुभयो । महान्यायधिवक्ता खरेलले सरकारी वकिल, अनुसन्धान गर्ने अधिकारी र प्रहरीले पनि घटनाको विवरणअनुसारको सही जाँचका लागि चिकित्सकलाई सिफारिस गर्न आग्रह गर्नुभयो ।

उहाँले कतिपय घटनालाई प्रभावित पार्ने खालको समाचार सम्प्रेषण नगरी दिन पत्रकारलाई आग्रह गर्दै मिडियाले घटना सार्वजनिक गर्ने मात्र हो अनुसन्धान र कारवाही गर्ने काम प्रहरी र सरकारको हो भन्नुभयो ।

राजनीतिक दल, पत्रकार र सामाजिक सञ्जाल चलाउनेहरुले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनाबारे अनावश्यक गिजोलिरहेका कारण अनुसन्धान प्रभावित भएको आरोप लगाउनुभयो । महान्यायधिवक्ताको कार्यालय काठमाडौंँका सहन्यायधिवक्ता लोकराज पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा हरिहर वस्ती, डा अर्चना चौधरीलगायतले सहजीकरण गर्नुभएको थियो ।




भर्खरै