१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी

माघीसँगै थारूको बड्घर छान्ने प्रचलन

माघीसँगै थारूको बड्घर छान्ने प्रचलन
अ अ+ अ-

सुर्खेत । थारू जातिको मुख्य चाड माघी र दशैँ हो । माघी उनीहरुको नयाँ वर्ष पनि हो । विशेष महत्व दिएर मनाइने माघी र उक्त दिनमा पर्ने नव वर्षले नयाँ काम शुरुआत र नयाँ नेतृत्वको निक्र्यौल गर्दछ ।

पुस २९ गते थारू जातिहरु रातभरि जाग्राम बस्छन् । त्यो दिन ठूलादेखि केटाकेटी सबैले आलु चोर्छन् । चोरेको आलु पोलेर खाने चलन छ । उक्त दिन आलु चोर्दा कसैले गाली गर्न पाउँदैन । आलु चोर्नु र पोलेर खान पाउनुलाई विशेष मज्जा ठान्ने चलन छ । जाग्रामको रात उनीहरु सबैले नाचगान गर्दछन् ।

वीरेन्द्रनगर नगरपालिका–९ पातालगङ्गा सुर्खेतका थारू मुखिया ६७ वर्षीय धनीराम थारू भन्नुहुन्छ, “हामी पुस २९ को रातभरि जाग्राम बस्छौँ । रातभरि जाग्राम रही एकाबिहानै नुहाएर नयाँ वर्ष माघ १ गतेलाई स्वागत गर्छौं । नयाँ पोसाक लगाउँछौँ । गणेश देवताको पूजा गर्छौं । दशैँमा भने आफ्नै कुलदेवताको पूजाआजा गरिन्छ ।”

उहाँका अनुसार उक्त दिन थारूहरुले बँदेल काट्छन् । उनीहरुले गणेशलाई जगन्नाथ देवताका रुपमा पुज्छन् । देवतालाई मिन्नीडेना (जाँडको जल) छर्कछन् । पूजापश्चात् सबै जम्मा भएर मुख्यगरी ढिकुरी, बङ्गुरको मासु, रक्सी, अचार र तरुल खाने प्रचलन छ ।

माघ २ गते भने थारूको जातिको बडघर ९नेतृत्व० छान्ने दिन भएको थारू अगुवा धनीरामले बताउनुभयो । यसलाई थारु भाषामा महटाँवा (मुखिया) छान्ने दिन पनि भनिन्छ । थारू जातिमा प्रत्येक नयाँ वर्षसँगै नयाँ महटाँवा चुन्ने चलन छ । मुखिया (महटाँवा) समुदायको अध्यक्षका रुपमा पनि ठानिन्छ । उसले थारू समुदायलाई वर्षभरि हुने सामाजिक, सांस्कृतिक र आर्थिक नेतृत्व गर्दछ ।

जन्म, मृत्यु, विवाह, व्रतबन्धलगायत विभिन्न गतिविधिमा उसको निर्णय लिएर समुदाय चल्छ । सोही दिन हली बस्ने वा छाड्ने भन्ने कुराको निक्र्योल पनि गरिन्छ । विगतमा साहु महाजनहरु कहाँ कमाराकमारी, कम्लहरी बस्ने प्रचलन पनि थियो । पछिल्लो समयमा यो चलन यत्रतत्र देखिए पनि त्यो हट्दै गएको छ ।

बर्सेनी माघ २ गते महटाँवा छान्ने प्रचलन भए पनि वीरेन्द्र नगरपालिका–९ सुर्खेत पातालगङ्गामा धनीराम थारू विगत २५ वर्षदेखि मुखियामा अनुमोदित हुँदै आउनुभएको छ । थारूको सामाजिक, सांस्कृतिक तथा अन्य व्यावहारिक पक्ष कुशल नेतृत्व दिएका कारण वर्षपिच्छे सबैले उहाँलाई नै महटाँवा दिने गरेको स्थानीय ४८ वर्षीय रामप्यारी चौधरीले बताउनुभयो ।

पातालगङ्गामा हाल थारू जातिको ८० घरधुरी सङ्ख्या रहेको जनाइएको छ । त्यसको नेतृत्व धनीरामले नै गर्दै आउनुभएको छ । आफूलाई दाङ जिल्लाबाट आएको डगौरा थारूको परिचय सुर्खेतका थारूहरुले दिँदै आएका छन् ।

यस्तै वीरेन्द्रनगर नगरपालिकामा नौ, पातालगङ्गामा पाँचवटा थारू घरवास (होमस्टे) पनि रहेका छन् । होमस्टे सञ्चालन गरेको एक वर्ष भएको स्थानीयवासी धनबहादुर चौधरीले जानकारी दिनुभयो । थारूहरुको सामाजिक, धार्मिक, सांस्कृतिक पक्षको पहिचान गराउनाका साथै मौलिक परिकार चखाएर गाउँमै आयआर्जन गर्ने उद्देश्यले होमस्टे सञ्चालन गरिएको होमस्टे सञ्चालक भागिराम चौधरीले बताउनुभयो ।

प्रचारप्रसार नभएकाले अहिले स्वदेशी पाहुनाहरु मात्र होमस्टेमा आउने गरेको उहाँको भनाइ थियो । थारू अगुवा धनीराम थारूले अहिलेसम्म आएका पाहुनालाई दिनुपर्ने शुल्क निर्धारण नगरेको बताउनुभयो ।

“अहिलेसम्म आएका पाहुनालाई थारू परिकार खुवाएर हामीले उनीहरुको खुशीअनुसार शुल्क लिएका छौँ,” उहाँले भन्नुभयो, “अब हामी होमस्टेलाई व्यवस्थितरुपले सञ्चालन गर्छौं ।” उहाँका अनुसार त्यहाँ आउने पर्यटकहरुले थारू संस्कृतिका खाद्य परिकार, पोसाक, भाँडावर्तन, पेशा र इतिहासबारे जानकारी लिन पाउनेछन् ।

होमस्टेले थारू संस्कृतिको संरक्षण र दिगो जीविकोपार्जनमा सहयोग पुग्ने उहाँको अपेक्षा छ । हाल वीरेन्द्रनरगर नगरपालिका–९ को पातलगङ्गा र १० कुन्ती, घुस्रा, नयाँ गाउँ सुर्खेत मध्यपश्चिम विश्वविद्यालयको अध्यययन अनुसन्धान गर्ने मुख्य स्थल बनेको उक्त विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र सङ्काय लोकवार्ता विज्ञानका विभागीय प्रमुख खगेन्द्र अधिकारीले जानकारी दिनुभयो ।