१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको खिचातानीले संसद निष्काम बन्यो : बाबुराम भट्टराई



अ+ अ-

काठमाडौँ । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एंवम पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारुढ नेकपाको गुटिय खिचातानीका कारण संसद निष्काम बनिरहेको आरोप लगाएका छन् ।

आइतवार भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा एउटै दलको स्पष्ट बहुमत हुँदापनि संसद बैठक सूचना टाँसेर सारिरहने अवस्था आउँदा जनप्रतिनिधि मुखदर्शक भइरहने भन्दै व्यङ्य गरेका छन्।

‘हिजो दलीय खिचातानीले संसद बन्धक बन्दा अन्तरीमकाल र सहमतिको राजनीति भनेर चित्त बुझाइयो,’ डा. भट्टराईले ट्वीटरमा भनेका छन्, ‘तर आज नियमित संविधान र एउटै दलको स्पष्ट बहुमत हुँदा गुटगत खिचातानीका कारण प्रतिनिधिसभा पंगु र निष्काम हुने र बैठक सरिरहने ? जनप्रतिनिधि मुकदर्शक भइरहने ? यही हो लोकतन्त्र ? अझै कम्युनिज्म ? धन्य कणहरू।’