काठमाडौं । आइतबार नेपाल एकिकरणका नायक राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्झनामा देशैभर २९८ औं पृथ्वी जयन्ती मनाइदै छ ।
वि.सं. १९७९ पुस २७ गते गोरखाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रुपमा जन्मनुभएका शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपालको निर्माण गर्नुभएको थियो । भौगोलिक रुपमा छरिएर रहेका बाइसे–चौबीसे राज्यहरुलाई एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माता पनि भन्ने गरिन्छ ।
राष्ट्र निर्माता शाहको २९८ औं जन्मजयन्तीको अवसरमा देशका विभिन्न ठाउँहरुमा यसरी सम्झिए राष्ट्र निर्मातालाई ( फोटो फिचर )
२९८औँ पृथ्वीजयन्तीको अवशरमा तस्विर खिच्दै गोरखाका स्थानिय नागरिक ।