१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेश भ्रमणमा प्रधानसेनापति



अ+ अ-

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा मित्रराष्ट्र बंगलादेश प्रस्थान गरेका छन्। प्रधानसेनापति थापा बंगलादेशका आर्मी प्रमुख अजीज अहमेदको औपचारिक निमन्त्रणामा बंगलादेश प्रस्थान गरेका हुन् ।

आइतबार सात सदस्यीय भ्रमण दलका सदस्यसहित थापा बंगलादेश उडेका हुन्। थापालाई बलाधिकृत रथी शरदकुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जंगी अड्डाको एक सैन्य टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

प्रधानसेनापति थापाले भ्रमणका क्रममा सैनिक युनिट भ्रमणदेखि उच्चस्तरीय भेटवार्ता र ऐतिहासिक स्थलको भ्रमण गर्ने कार्यक्रम रहेको छ। प्रधानसेनापति थापा माघ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

थापाको अनुपस्थितिमा बलाधिकृत रथी गिरीले कायमुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने छन्।