३ भाद्र २०८३, बुधबार
,
Latest
टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने अन्तरिक्ष प्रविधिमा चीनको नयाँ सफलताः ‘जुके–३’ रकेटको पहिलो खण्ड जमिनमा सफल अवतरण खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडलाई



अ+ अ-

स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले हात पार्न सफल भएको छ । आईतबार राति भएको खेलमा शहरी प्रतिद्धन्दी एट्लेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै रियलले सुपरकपको उपाधि हात पारेको हो । सर्जियो रामोसको गोलसंगै रियल पेनाल्टी सुटआउटमा ४–१ ले विजयी बनेको थियो । एट्लेटिको मड्रिडका औल निगुएज र थोमस मार्टे पेनाल्टीमा चुकेका थिए । रियलले १० खेलाडीमा सिमिति रहेर खेलको अन्त्य गरेको थियो ।

अतिरिक्त समयमा अल्भारो मोराटालाई फल गरेपछि फेडरिको भल्भर्डे रातो कार्ड खादै मैदान बाहिरिएका थिए । जोआओ फिलिक्सले पहिलो हाफमा केही राम्रो अवसर पाएका थिए । तर उनको गोल गर्न सकेनन् । रियलले दोस्रो हाफमा सुधारिएको प्रर्दशन गरेको थियो । तर सर्बियन फरवार्ड लुका जोभिकको प्रहार बतासिएको थियो । रियलले ११ औ पटक स्पेनिस सुपर कपको उपाधि उचालेको हो ।

प्रतियोगिता नयाँ ढाँचामा खेलाईएको थियो । स्पेनिस लिगको शीर्ष दुई टिम र कोपा डेल रेका फाईनल खेलेका दुई टिमलाई सुपरकपमा समावेश गरिएको हो । रियलले गत सिजन तेस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको थियो । बार्सिलोना लिग विजेता र कोपा डेल रेको फाईनल खेलेको टिम बनेपछि रियल प्रतियोगिता खेल्न छानिएको हो ।