२५ भाद्र २०८३, बिहीबार
,
Latest
सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट ग्यास अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण, सांसद वयकले भने– ‘नैतिक जिम्मेवारी कसले लिने ?’ रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त कृष्णभीरमा भदौभित्रै यातायात सञ्चालन गर्ने लक्ष्य, २५० मिटर नयाँ ट्रयाक निर्माण तीव्र जलवायु न्यायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दा बनाउन सरकारलाई संसदीय समितिको सुझाव अस्पतालबाहिर सुत्केरी घटनाको छानबिन गर्न मन्त्रालय र मेडिकल काउन्सिलको टोली राजविराज जाँदै हिमाल र हिमनदीलाई जोडेर विपद् पूर्वसूचना प्रणाली विकास गर्नुपर्छ : सांसद थापा महाभियोग प्रस्ताव दर्ता भएको छैन : संसद् सचिवालय रास्वपा महामन्त्रीको प्रश्नः सिंहदरबार र संसद भवन नै निर्माण हुन सकेको छैन, रसुवाको पुननिर्माण हुने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजन, अन्न, दक्षिणा दान गर्दै सम्यक पर्व मनाइदैँ



अ+ अ-

भक्तपुर । बौद्ध धर्मावलम्बीले सम्यक दान पर्व अगामी माघ १ गते भव्य रुपमा मनाउने भएका छन् । नेपाल सम्वत ७८७ भन्दा पहिलेदेखि यहाँ सो पर्व मनाइँदै आइएको बताइन्छ ।

सम्यक दान व्यवस्थापन समितिले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पर्व मनाउन तयारी पूरा भएको जनाएको छ । पाँच दिपकंरसहित अन्य स्वर्ण दिपंकरका मूर्तिलाई स्थानीय थथुवहिमा विराजमान गराई यहाँको नियमित र ऐच्छिक सम्यक भोजन गराई सम्यक दान पर्व मनाइन्छ ।

चतुबह्म महाविहारका बज्राचार्य जयरत्नले पर्वको शुरुआत गर्नुभएको मान्यता रहेको सो पर्व यहाँ हरेक वर्ष मकर सङ्क्रान्तिका अवसरमा मनाइने गरिन्छ । सम्यक दानमा परम्परागत रुपमा स्थापना भएका बौद्ध विहारमा दीक्षित भई गृहस्थ बौद्ध भिक्षुहरु शाक्य र बज्राचार्य बन्धुलाई भोजन, अन्न दक्षिणा दिने परम्परा रहेको सम्यक महादान व्यवस्थापन समितिका अध्यक्ष गणेश बज्राचार्यले जानकारी दिनुभयो ।

यहाँ रहेको प्रमुख पाँच दिपंकर बुद्धको प्रतिमूर्तिलाई वर्षको दुईपटक सम्बन्धित विहारबाट बाहिर ल्याई जात्रा गर्ने प्रचलनअन्तर्गत सम्यक दान पर्वका दिन पाँच दिपंकर बुद्धको प्रतिर्मूति विराजमान गराउने परम्परा रहेको राजुमान बज्राचार्यले बताउनुभयो ।

काठमाडौँमा १२ वर्षमा एकपटक स्वयम्भूको भुइख्याल, ललितपुरमा पाँच वर्षमा एकपटक नागवहाल र भक्तपुरमा प्रत्येक वर्ष पर्व मनाउँदै आइएको छ । नःपुखुको पश्चिम थथुवहिको परिसरमा रहेको भुइख्याल क्षेत्रमा सम्यक भोजन दान गरिने चलन रहेको देवचन्द्र बज्राचार्यले जानकारी दिनुभयो । धर्तीमा उब्जनी भएका सबै व्यञ्जन र विशेष परिकार बनाएर चढाउने र भिक्षा दाने परम्परा रहेको उहाँले बताउनुभयो ।




भर्खरै