११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

सुनसरी ३ मा भगबती चौधरीका पक्षमा महिलाहरु, मन र मत परिवर्तन नगर्ने अडान

सुनसरी ३ मा भगबती चौधरीका पक्षमा महिलाहरु, मन र मत परिवर्तन नगर्ने अडान
अ अ+ अ-

सुनसरी। फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको समय नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं. ३ मा नेकपा (एमाले) की उम्मेदवार भगबती चौधरीले आफ्नो सक्रियता बढाउनु भएको छ ।

निवर्तमान सांसद समेत रहनु भएकी भगबती चौधरीका पक्षमा जनलहर बढेसँगै उहाँ यतिबेला आफ्नो निर्वाचन क्षेत्रका जनताविच सल्लाह सुझाबहरु संकलनमा ब्यस्त हुनुहुन्छ ।

शनिबार मात्रै चौधरीको सक्रियतामा दुहवी नगरपालिका वडा नं. ९ मा ५२ जना महिलाहरुले एकसाथ नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा नव प्रवेशीहरुलाई संवोधन गर्दै उम्मेदवार चौधरीले समाज रुपान्तरण र महिला सशक्तिकरणका लागि राजनीतिमा महिला सहभागीता अपरिहार्य भएको बताउनु भयो । नेकपा एमालेले महिलाहरुको हक अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको जिकीर गर्नुभयो ।

‘नेकपा एमाले विचार सिद्धान्त र जनताको पक्षमा उभिएको पार्टी हो, लैङिक समानता, सामाजिक न्याय र आत्मनिर्भर अर्थतन्त्रका पक्षमा उभिएको पार्टी हो । महिलाहरुलाई राज्यका सबै क्षेत्रमा अवसर दिन एमाले प्रतिबद्ध छ ।’ उम्मेदवार चौधरीले भन्नुभयो । पार्टी प्रवेश गर्दै महिलाहरुले आफुहरु एमालेले अंगिकार गरेको राष्ट्र, राष्ट्रियता, स्वाधिनता, जाति, वर्ग, समुदायको उत्थानका सिद्धान्त र विचारबाट प्रभावित भएको तथा नेतृ भगबती चौधरीले महिला सशक्तिकरणका सवालमा निर्वाह गर्नुभएको भूमिकाबाट प्रभावित भएर पार्टी प्रवेश गरेको बताए ।

त्यसो त, सुनसरी क्षेत्र नं. ३ मा भगबती चौधरीप्रति जनताको उत्साहजनक समर्थन रहेको छ । सामाजिक कामसँगै राजनीतिमा उदाउनु भएकी चौधरीले साढे तीन वर्ष सांसद तथा करिब ५ महिना मन्त्री भएर आफ्नो क्षेत्रका लागि गर्नुभएका कामबाट मतदाता सन्तुष्ट देखिएका छन् । निर्वाचन क्षेत्रको इटहरी उपमहानगरपालिका, दुहवी नगरपालिका, गढी तथा बर्जु गाउँपालिकाका गाउँगाउँ जनताका गुनासा र समस्याहरु पहिचान गर्न जाँदै गर्दा मतदाताहरुले सकारात्मक प्रतिक्रियासँगै पुनः एक पटक निर्वाचित गराएर पठाउने प्रतिबद्धता नै व्यक्त गरेपछि उम्मेदवार चौधरी पनि उत्साहित देखिनु भएको छ ।

चौधरीले स्थानीय विकासका एजेण्डासँगै उद्यमशीलता, युवा स्वरोजगार र आत्मनिर्भर अर्थतन्त्र जस्ता जनप्रिय एजेण्डाहरु अगाडी सारेकोले यो क्षेत्रका मतदाताहरु मत परिवर्तनको विपक्षमा देखिएको नेकपा एमाले निर्वाचन क्षेत्र नं. ३ परिचालन समितिका संयोजक लिलम बस्नेतले बताउनु भयो ।