१ असार २०८३, सोमबार
,
Latest
आगामी आवको बजेट सुधारको दिशामा अग्रसरः नेडेव गोदावरी सामुदायिक वन क्षेत्रमा टेम्पो भिरबाट पल्टाइएको घटनाबारे छानबिन समिति गठन गिरीबन्धु टी–स्टेट प्रकरणकाे फाइल एक नम्बरमा खाेल्न सरकारलाई संसाद अर्यालकाे चुनौती सुस्तामा भारतीय सुरक्षाकर्मीको हस्तक्षेप र सरकारी उदासीनताप्रति सांसद काउचाको आपत्ति उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु संसद्‌को रेकर्डबाट प्रधानमन्त्रीको विवादित अभिव्यक्ति हटाउन नेकपाको माग परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता हुँदै सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो प्रहरी देख्दा नागरिकले सुरक्षा होइन, त्रास महसुस गरिरहेका छन्ः संसदमा राई प्रतिनिधिसभा बैठक सुरु, विनियोजन विधेयकमाथि छलफल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी विदेशमन्त्री रुबियो र चिनियाँ नेता वाङबीच भेटवार्ता



अ+ अ-

 म्युनिख।  अमेरिकी विदेशमन्त्री मार्को रुबिओ र उहाँका चिनियाँ समकक्षी वाङ यीबीच शुक्रबार म्युनिख सुरक्षा सम्मेलनका क्रममा भेटवार्ता भएको छ ।

रुबियोको टोलीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई ह्वाइट हाउसमा आमन्त्रण गर्ने र विशेष गरी व्यापार मुद्दाहरूमा छलफल गर्ने बताएको केही दिनपछि यो वार्ता भएको हो।

रुबियो र वाङले बभेरियाको राजधानीको एक प्रमुख होटलमा भेटेका थिए तर भेटमा भएको छलफलबारे पत्रकारलाई जानकारी गराउन चाहेनन् ।

ट्रम्प गत वर्ष सत्तामा आएदेखि वासिङ्टन र बेइजिङबीच करवृद्धिलाई लिएर तनाव देखिँदै आएको छ।

रुबियो र वाङले गत जुलाईमा मलेसियामा भेट गरेका थिए र त्यपछि कैयौँ पटक टेलिफोनमा कुराकानी गरेका थिए ।

रुबियोले शनिबार बहुप्रतीक्षित सम्बोधन गर्नुअघि जर्मन चान्सलर फ्रेडरिक मर्जसँग शुक्रबारसहित श्रृंखलाबद्ध बैठकहरू गर्ने तयारी गर्नुभएको छ।

सीआईएले बिहीबार जारी गरिएको नयाँ चिनियाँ भाषाको भिडियो सार्वजनिक भएसँगै जासुस भर्ती गर्ने योजना विस्तार गरेको चर्चा चलिरहेका समय यो बैठक भएको हो, जसले असन्तुष्ट सैन्य अधिकारीहरूलाई लक्षित गर्न खोजेको छ।

बेइजिङले विदेशी जासुसी प्रयासविरुद्ध ‘सबै आवश्यक उपाय’ अवलम्बन गर्ने शुक्रबार बताएको छ ।(रासस/एएफपी)