२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

अष्ट्रेलियाका विश्वविद्यालयमा बढ्दो ‘मनोसामाजिक’ जोखिमः अध्ययन

अष्ट्रेलियाका विश्वविद्यालयमा बढ्दो ‘मनोसामाजिक’ जोखिमः अध्ययन
अ अ+ अ-

एजेन्सी । अष्ट्रेलियाको उच्च शिक्षा क्षेत्रमा कार्यरत कर्मचारीहरूको मानसिक स्वास्थ्य र ‘मनोसामाजिक’ सुरक्षामा गम्भीर समस्या देखिएको एक नयाँ प्रतिवेदनले जनाएको छ ।

एडेलेड विश्वविद्यालयले सार्वजनिक गरेको उक्त अध्ययनले सुरक्षा प्रणालीको कमजोरीका कारण उच्च र अत्यन्त उच्च स्तरको मनोसामाजिक जोखिम बढिरहेको उल्लेख गरेको छ ।

अष्ट्रेलियन अनुसन्धान परिषद्को आर्थिक सहयोगमा गरिएको विश्वविद्यालय कर्मचारी कल्याणसम्बन्धी राष्ट्रिय सर्वेक्षणअनुसार कमजोर व्यवस्थापकीय सहयोग, कर्मचारीको हितलाई पर्याप्त प्राथमिकता नदिनु, सीमित संवाद र परामर्श प्रक्रिया तथा मनोसामाजिक जोखिमको पहिचान र व्यवस्थापनमा कमी हुनु प्रमुख कारणका रूपमा देखिएको छ ।

अध्ययनमा सहभागी ८० प्रतिशतभन्दा बढी कर्मचारीहरूले आफूहरू अत्यधिक ‘भावनात्मक’ थकानमा रहेको बताएका छन् । मूल्याङ्कन गरिएका सबै ३६ विश्वविद्यालयमा अत्यन्त उच्च मनोसामाजिक सुरक्षा जोखिम भेटिएको छ, जुन सामान्य कार्यक्षेत्रको तुलनामा दोब्बरभन्दा बढी हो ।

मनोसामाजिक सुरक्षा वातावरणको सूचकाङ्कमा अग्रस्थानमा रहेका विश्वविद्यालयहरूमा चाल्र्स डार्विन विश्वविद्यालय, न्युभाउल्स वेल्स विश्वविद्यालय र क्वीन्सल्याण्ड विश्वविद्यालय रहेका छन् ।

मुख्य अनुसन्धानकर्ता प्राध्यापक मोरेन डलार्डले कर्मचारीहरूको मानसिक स्वास्थ्य सुरक्षाका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ । उहाँले उत्पादनमुखी व्यवस्थापनभन्दा कर्मचारी कल्याणमुखी व्यवस्थापन पद्धति अपनाउनुपर्नेमा जोड दिनुभयो ।

अष्ट्रेलियाको कार्य स्वास्थ्य तथा सुरक्षा सम्बन्धी कानुनअनुसार विश्वविद्यालयहरूले मनोसामाजिक जोखिमको रोकथाम र उचित व्यवस्थापन गर्नु अनिवार्य दायित्व हो ।