१२ भाद्र २०८३, शुक्रबार
,
Latest
मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय हित प्रवर्द्धनका लागि कुटनीति र सञ्चार क्षेत्रबीचको रणनीतिक सहकार्य आवश्यकः परराष्ट्रसचिव राई



अ+ अ-

काठमाडौँ । परराष्ट्रसचिव अमृतबहादुर राईले बदलिँदो भूराजनीतिक परिदृश्यमा नेपालको राष्ट्रिय हितलाई सुरक्षित गर्न कुटनीति र सञ्चार क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक छलफलमा बोल्दै सचिव राईले डिजिटल मिडियाको युगमा परराष्ट्र नीति र सञ्चारको अन्तरसम्बन्धले देशको अन्तर्राष्ट्रिय छवि निर्माणमा निर्णायक भुमिका खेल्ने बताउनुभएको हो । सचिव राईले परराष्ट्र नीति र मिडियाको सम्बन्धबारे चर्चा गर्दै कुटनीतिज्ञ र पत्रकार दुवैका आफ्नै सीमा र जिम्मेवारी हुने भएपनि राष्ट्रिय हितका सवालमा एकै ठाउँमा उभिनुपर्ने बताउनु भयो ।

उहाँकाअनुसार कुटनीतिले राष्ट्रिय स्वार्थको व्याख्या र वार्ता गर्छ भने सञ्चारमाध्यमले त्यसलाई आम नागरिक र अन्तर्राष्ट्रिय जगतसम्म पु¥याउने सेतुको काम गर्छ । विशेष गरी विदेशमा रहेका नेपालीहरूको संरक्षणका सवालमा उहाँले जनशक्तिको ठूलो खाडल रहेको औँल्याउनु भयो । जापानको उदाहरण दिँदै उहाँले सन् १९६० मा दुतावास स्थापना हुँदाको दरबन्दी र अहिले तीन लाख नेपाली पुग्दाको दरबन्दी उस्तै रहनु चुनौतीपूर्ण भएको बताउनु भयो । खाडी मुलुकमा फिलिपिन्स जस्ता देशको तुलनामा नेपाली कर्मचारीको संख्या निकै कम रहेको भन्दै उहाँले यस विषयमा राजनीतिक नेतृत्वको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

कर्मचारीतन्त्रीय ढिलासुस्तीका कारण समयमै सूचना र प्रेस विज्ञप्ति जारी गर्न नसकिएको कमजोरीलाई पनि उहाँले स्वीकार गर्नुभयो ।