२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

माघ १६ गतेदेखि मेयरकप फुटबल हुने



अ+ अ-

गलकोट । आगामी माघ १६ गतेदेखि २२ गतेसम्म बागलुङमा मेयरकप फुटबल आयोजना हुने भएको छ । बागलुङ नगरपालिकाको आयोजना र जिल्ला फुटबल सङ्घको संयोजनमा राष्ट्रियस्तरको मेयर कप फुटबलको आयोजना गर्न लागिएको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए । “खेलको प्रवद्र्धनमार्फत आन्तरिक पर्यटक बागलुङ ल्याउने हाम्रो मनसाय हो”, उनले भने, “खेलकूदबाट बागलुङलाई चिनाउन राष्ट्रियस्तरको मेयरकप आयोजन गर्न थालिएको हो ।”

नगरपालिकाले प्रतियोगिता सम्पन्न गर्न रु २१ लाख ९६ हजार ११० बजेट विनियोजन गरेको छ । १२ देखि २० समूहले सहभागिता जनाउने अपेक्षा गरिएको फुटबल सङ्घका अध्यक्ष रामराज गुरुङले जानकारी दिए । प्रतियोगिताको विजेताले उपाधिसहित रु तीन लाख प्राप्त गर्नेछ । उपविजेताले रु दुई लाख र सेमिफाइनल पुग्ने टिमले रु ६०–६० हजार प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु १० हजार र विधागततर्फ उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समानस्वरुप रु पाँच हजारका दरले पुरस्कार पाउने छन् । यस्तै प्रतियोगितामा म्यान अफ दि म्याच हुने खेलाडीले रु दुई हजार प्राप्त गर्नेछन् ।