४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

निर्वाचनलाई भयरहित र धाँधलीरहित बनाउन राष्ट्रिय सभा सदस्य भट्टको आग्रह

निर्वाचनलाई भयरहित र धाँधलीरहित बनाउन राष्ट्रिय सभा सदस्य भट्टको आग्रह
अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले आगामी निर्वाचनलाई भयरहित, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न सरकारसँग माग गर्नुभएको छ ।

निर्वाचनका लागि अब केवल २० दिन मात्र बाँकी रहेको समयमा उहाँले निर्वाचनको पवित्रता र सदाचार कायम राख्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सदस्य भट्टले मुलुक अहिले निर्वाचनको संघारमा रहेको र यसलाई सफलतापूर्वक सम्पन्न गर्नु सरकारको मुख्य दायित्व भएको बताउनु भयो । उहाँले निर्वाचन प्रक्रियामा कुनैपनि प्रकारको त्रास, भय वा असुरक्षाको वातावरण सृजना हुन नहुनेमा विशेष जोड दिनुभयो । उहाँले अध्यक्षमार्फत सरकारलाई सम्बोधन गर्दै निर्वाचनलाई सदाचार नीति अनुरूप संयमताका साथ सम्पन्न गर्न सुझाव दिनुभयो । भट्टले निर्वाचनको निष्पक्षताले नै लोकतन्त्रको जग बलियो बनाउने भएकाले धाँधलीरहित प्रक्रिया सुनिश्चित गर्न राज्यका संयन्त्रहरू सक्रिय हुनुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको समसामयिक जल्दोबल्दो विषय भनेको निर्वाचनमा जान २० दिन मात्रै बाँकी छ देश। तसर्थ म अध्यक्षज्युमार्फत नेपाल सरकारलाई भन्न चाहन्छु निर्वाचन भयरहित, त्रासरहित, निष्पक्ष, धाँधलीरहित, सदाचार नीति अपनाएर संयमताका साथ सम्पन्न होस् र गराओस्। अहिलेको सरकार सफल होस् भन्न चाहन्छु ।’

सांसद भट्टले वर्तमान सरकारको सफलताको कामना गर्दै आसन्न निर्वाचनलाई ऐतिहासिक रूपमा सम्पन्न गराउने कार्यमा सरकार सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले निर्वाचन आयोग र सुरक्षा निकायहरूलाई समेत उच्च शतर्कता र इमानदारीका साथ आफ्नो जिम्मेवारी पूरा गर्न आह्वान गर्नुभएको छ ।